पुटिनलाई भेट्न रेल चढेर रसिया पुगे किम | Khabarhub Khabarhub

पुटिनलाई भेट्न रेल चढेर रसिया पुगे किम


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नका लागि रुसको सुदूरपूर्वी शहर भ्लादिभोस्तोक पुगेका छन् ।

रेलमार्ग भएर सर्वोच्च नेता किम भ्लादिभोस्तोक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भ्लादिभोस्तोक रेल स्टेशनमा उनलाई उच्च रुसी अधिकारीले स्वागत गरेका थिए ।

सर्वोच्च नेता किम र राष्ट्रपति पुटिनबीच बिहीबार भ्लादिभोस्तोक शहरको तटपारी रहेको रुस्की टापुमा भेटवार्ता हुने बताइएको छ । भेटवार्तामा दुई मुलुकको सम्बन्ध तथा कोरियाली प्रायद्विपमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत फेब्रुअरी महिनाको अन्त्यमा भियतनामको राजधानी हनोईमा भएको असफल शिखर वार्तापछि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि मजबुत बनाउनका लागि किमले पुटिनसँग भेटवार्ता गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण छ ।

भेटवार्तामा उत्तर कोरियाली सर्वोच्च नेताले गम्भीर नेताको रुपमा आफ्नो छवि चित्रित गर्ने अवसर रहेको विश्लेषण गरिएको छ । यद्यपि भेटवार्तामा उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी फुकुवा गर्न प्रयास गर्नेबारे रुसी राष्ट्रपति पुटिनले आश्वासन दिनेमा भने आशंका रहेको बताइएको छ ।

शीतयुद्धताका उत्तर कोरिया र तत्कालिन सोभियत युनियन परम्परागत साझेदारका रुपमा रहेका थिए भने रुस अझै पनि उत्तर कोरियासँग राम्रो सम्बन्ध रहेका मुलुकमध्ये एक हो ।

सन् २०११ मा उत्तर कोरियाका तत्कालिन शासक तथा वर्तमान सर्वोच्च नेता किमका बाबु किम जोङ इलले रेलमार्गबाट रुसको भ्रमण गरी तत्कालिन रुसी राष्ट्रपति दिमित्री मेद्भेदेवसँग भेटवार्ता गरेका थिए । त्यसयता कुनै पनि उत्तर कोरियाली शासकले रुसको भ्रमण गरेको यो पहिलो अवसर हो ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ३ : २१ बजे

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्

विकासोन्मुख देशहरूका लागि उन्नतस्तरको समर्थन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक

जनार्दनलाई प्रचण्डले भने- पुनर्विचार गरेर पार्टीमै फर्किनुस्

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी