पासपोर्टको प्रतिलिपि बनाउन ६ हजार घुस, कर्मचारीसहित २ जना कर्मचारी पक्राउ « Khabarhub

पासपोर्टको प्रतिलिपि बनाउन ६ हजार घुस, कर्मचारीसहित २ जना कर्मचारी पक्राउ


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


इलाम– हराएको पासपोर्ट (राहदानी) बनाउनका लागि ६ हजार रुपैयाँ घुस माग्ने कर्मचारीसहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय इलामका नायव सुब्बा विनोद विसीले हराएको पासपोर्टको प्रतिलिपि बनाउन सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस मागेका थिए । उक्त घुस रकम उठाउनका लागि युवा स्वरोजगार कार्यक्रमका स्वंयसेवक भानुभक्त आचार्यलाई परिचालन गरिएको थियो ।

आचार्यले सेवाग्राहीबाट ६ हजार रुपैयाँ उठाएर नायव सुब्बा विसीलाई बुझाउँदा दुवैजना पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले दुवैजनालाई जिल्ला प्रशासन कार्यालय इलामबाट पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ४ : ५३ बजे

क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका