चाँडै परिचय बदलिएको अनुभूति हुन्छः प्रधानमन्त्री « Khabarhub

चाँडै परिचय बदलिएको अनुभूति हुन्छः प्रधानमन्त्री


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकास र समृद्धिको यात्रामा लम्किएको बताउँदै अब चाँड मुलुकले परिचय बदलिएको अनुभूति गर्ने दाबी गरेका छन् ।

काभ्रेको धुलिखेलमा सञ्जीवनी माविको भवन हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले असम्मान, अपमानजनक अवस्थामा विदेशी भूमिमा दुःख गरिरहेका नेपालीहरुको त्यो परिचय फेर्ने सरकार समृद्धितर्फ लागेको बताएका हुन् ।

निरक्षर, निरपेक्ष गरिबीकै कारण अब विदेश पलायन हुने अवस्था नआउने दाबी गर्दै प्रधानमन्त्री ओलीले अब विदेशमा योग्यता भएका, विज्ञता भएका प्राविधिकहरु, त्यहाँ सीप सिकाउन पठाउन जाने गरी परिचय बदल्ने ठोकुवा गरे ।

उनले अब हामी डिजटल नेपाल, शिक्षित नेपाल, विद्धान नेपालीको यात्रामा लाग्नुपर्ने तर्क गरे । देशको विकास र समृद्धिका लागि शैक्षिक क्षेत्रको महत्वपुर्ण भूमका रहने उनले स्पष्ट पारे । त्यसका लागि गुणस्तरीय शिक्षामा सरकार गम्भीरतापूर्वक लागिरहेको दाबी गरे ।

कार्यक्रममा सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल पुनर्निमार्णको यात्रामा धेरै अगाडी बढि सकेको बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ८ : ४५ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर