लोकसेवाले ८ हजार कर्मचारी पदपूर्ति गर्न नयाँ विज्ञापन खोल्दै « Khabarhub

लोकसेवाले ८ हजार कर्मचारी पदपूर्ति गर्न नयाँ विज्ञापन खोल्दै


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकसेवा आयोगले आगामी जेठ १५ मा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि बिज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो ।

आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको हो । आयोगले बिहीवार स्थानीय तहका पदको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गर्दै जेठको तेस्रो बुधबार खुल्लातर्फको पदपूर्तिको बिज्ञापन आह्वान गरिने जानकारी दिएको छ ।

कार्यतालिका अनुसार चौथो, पाचौं, छैटौं र नवौं तहसम्मका बिभिन्न प्राविधिक तथा अप्राविधिक पद खुल्ला प्रतिस्पर्धाका लागि बिज्ञापन आह्वान आयोगका प्रवत्ता किरणराज शर्माले जनाएका छन् ।

हाल खुल्ला प्रतिस्पर्धाका आधारमा लिइने पदका लागि मात्रै विज्ञापन गर्न लागिएको उनले बताएका छन् । आन्तरिक प्र्रतिस्पर्धाका लागि भने छिट्टै अर्को प्रक्रिया शुरु गर्ने आयोगको तयारी रहेको छ । खुला प्रतिस्पर्धाका लागि झण्डै ८ हजारको संख्या विज्ञापन हुने आयोगको आकलन छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ७ : १३ बजे

कोइराला निवासका लागि छुट्याइएको २ करोड रुपैयाँ लिन मानेनन् शेखरले 

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका