भारतमा मोदीको आँधी, हिन्दूवादीलाई राहत, तर केही हुँदैन | Khabarhub Khabarhub

भारतमा मोदीको आँधी, हिन्दूवादीलाई राहत, तर केही हुँदैन


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपा प्रभावशाली सुधारसहित पुनः विजयी भएको छ। सरकार बनाउन दुई सय ७२ सिट आवश्यक भए पनि भाजपा एक्लैले तीन सय सिट पार गरेको छ। त्यस्तै, भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलाइन्स (एनडिए)ले तीन सय ४९ सिट पुर्‍याएको नयाँ पत्रिकामा खबर छ ।

मोदी नेतृत्वले अब सार्क अघि बढ्नेमा विश्वस्त रहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई बताएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूले टेलिफोन गरेर बधाई दिँदै सन् २०१८ मा उचाइमा पुगेको नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ। अब सम्बन्ध समस्यारहित हुनेछ र यसका लागि दुवै पक्षबाट प्रयत्न हुनेछ। अब सार्क प्रक्रिया अघि बढ्नेमा हामी विश्वस्त छौँ। नेपाल–भारत इपिजीको प्रतिवेदन दुवै सरकारले बुझ्ने र कार्यान्वयनमा जानेमा पनि हामी विश्वस्त छौँ। ‘

त्यस्तै भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले भारतको विदेश नीति नबदलिने बताएका छन् । उनले भनेका छन्, ‘नरेन्द्र मोदीको नेतृत्वमा पुनः सरकार गठन हुँदैमा भारतको परराष्ट्र नीति परिवर्तन हुँदैन। उनीहरूको नेपाल नीति अहिलेकै निरन्तर रहन्छ। मोदी नेपाललाई पवित्र तपोभूमि–देवभूमिका रूपमा मान्दछन्। मोदी नेपालप्रति सकारात्मक छन्। नेपालले साझा परराष्ट्र नीति तय गर्नुपर्छ र विश्वासको सम्बन्धका लागि प्रयास गर्नुपर्छ। हामीकहाँ सत्तारुढ पार्टीभित्र भारत नीतिमा एकमत छैन। हामी स्पष्ट हुनुपर्छ र कूटनीतिक कौशल देखाएर सम्बन्ध थप मजबुत बनाउनुपर्छ।’

भारतका लागि पूर्वराजदूत प्रा.डा. लोकराज बरालले मोदीको जीतले हिन्दूवादीलाई राहत भएपनि केही नहुने बताएका छन् । उनले भनेका छन्, ‘ हाम्रा क्रियाकलाप, आन्तरिक विकासक्रमले नै भारत मात्र होइन विश्वका अन्य सरकारसँग सहकार्यमा असर गर्छ। भारतमा भाजपाको एजेन्डा हिन्दूराष्ट्र हो जसको प्रभाव नेपालमा नपर्ने भन्ने हुँदैन। मोदीको आगमनले नेपालका हिन्दूवादीलाई राहत दिन्छ। हाम्रा जनता पनि ‘सेन्टिमेन्टल’ हुनाले प्रभावमा पर्लान्। तर, नेपाल फेरि पछि हट्नुपर्ने अवस्था आउनेछैन। विकासका लागि मोदी नेतृत्वको सरकारसँग नेपालले सार्थक सहकार्य गर्नुपर्छ।’

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ७ : २९ बजे

मोटरसाइकलको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु

रौतहट – मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको ज्यान गएको

प्रेस काउन्सिलको वार्षिकोत्सवमा पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक

काठमाडौँ – प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा

अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद

न्यूयोर्क – परराष्ट्रमन्त्री एनपी साउदले अतिकम विकसित देशहरूको पूर्वाधारका लागि

भारतमा एक नेपालीको मृत्यु

कञ्चनपुर – भारतको एक तालमा डुबेर एक नेपालीको ज्यान गएको

प्रवासीको कथामा ‘परदेशी २’

काठमाडौँ – नारायण रायमाझीले निर्देशन गर्नुभएको चलचित्र ‘परदेशी–२’ यही असोज