जुम्लामा कालीमार्सी धान रोपाइँ शुरु « Khabarhub

जुम्लामा कालीमार्सी धान रोपाइँ शुरु


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु भएको छ । जुम्ला जिल्लाभर रोपाइँ शुरु हुँदा कृषक अहिले खेतमा लगाइएको जौँ काट्दै मार्सी रोप्न व्यस्त छन् ।

जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसयमा स्थानीय कालीमार्सी र रातीमार्सीको रोपाइँ धमाधम हुँदैछ । जिल्लाको तल्लो क्षेत्रमा जेठको पहिलो सातादेखि धान रोप्न शुरु भएको हो । अग्लो स्थानमा भने जेठको अन्तिममा रोपाइँ गर्ने चलन छ ।

पछिल्लो समयमा मार्सी धानको चामलले बजार पाएपछि किसानमा मार्सी रोपाइँमा जागरण आएको छ । निकै सङ्घर्ष गरेर उत्पादन हुने मार्सी चामलको बजार प्रशस्त भएपछि अहिले मार्सीको क्षेत्र विस्तार भएको छ । रोपाइँको समयमा यहाँका किसानले रमाइलो गरेर धान रोप्ने चलन छ । कृषकले एकअर्काको रोपाइँमा रोेपारे, हली र गोरुसहित ऐँचोपैँचो दिने चलन छ । हरेक किसानले रोपाइँको मिति अगाडि नै तोकेका हुन्छन् ।

चिसो मौसमका कारण समयमै धान नरोपेमा समयमा नपाक्ने भएकाले यहाँ जेठ महीनाको पहिलो साताबाटै रोपाइँ शुरु गरी असार पहिलो सातामा सक्ने गरिन्छ । यसैगरी कात्तिकको पहिलो सातादेखि दोस्रो सातामा रोपेको धान भित्र्याउने समय तालिका हुन्छ । यहाँको धान उत्पादन कम हुने भए पनि निकै पोषिलो मानिन्छ । विभिन्न गीत गाउँदै रोप्ने र नाच्ने चलन पनि छ । यहाँ कसैको विवाह र बच्चा भएको समयमा खेतमा चोपाइँ गर्ने चलन पनि छ । जसलाई स्थानीय भाषामा चोपाइँ भनिन्छ ।

कृषि ज्ञान केन्द्र जुम्लाका अधिकृत बालकराम देवकोटाका अनुसार जुम्लामा दुई हजार ८ सय हेक्टरमा धानखेती हुने गरेको छ । यहाँको रैथाने कालीमार्सी धान ४० प्रतिशत रोप्ने गरिन्छ भने ६० प्रतिशत उन्नजातको धान रोप्ने गरेको तथ्याङ्क रहेको उनले बताए । कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले सिफारिस गरेको चन्दननाथ–१ र चन्दननाथ–३ नामको उन्नतजातको धान रोप्ने गरिएको छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ८ : ४१ बजे

आइबिस पुनः जापानी आकाशमा

टोकियो- दशकौँअघि जापानबाट लोप भइसकेका क्रेस्टेड आइबिस (टोकी) पुनः जङ्गलमा

मधेसको वन संरक्षणलाई प्राथमिकता दिँदै योजना तर्जुमा गर्नुपर्नेमा जोड

महेन्द्रनगर– मधेस प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले वन

सांसद र सभामुखबीचको दूरी बढाइयो, प्रतिनिधि सभा १५ मिनेटलाई स्थगित

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार नेपाल-भारत सीमाबारे बोलेको विषयलाई लिएर

आगामी वर्ष दश प्रसारण लाइन निर्माण सम्पन्न गरिने

काठमाडौं– आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन, प्रसारण तथा वितरण

ऐन महरको टिप्पणी : सेनाकहाँ दौरासुरूवालमा जाने प्रधानमन्त्री फुटबल पोशाकमा सदन आउँछन्

काठमाडौं- नेपालले भारतीय भूमि मिचेको भनेर गम्भीर अभिव्यक्ति दिएसँगै प्रधानमन्त्री