गलत सूचनाले विदेशी पर्यटक समस्यामा « Khabarhub

गलत सूचनाले विदेशी पर्यटक समस्यामा


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अपि नाम्पा घुम्न आएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिइँदा बीच बाटोबाटै फर्किनुपरेको छ । काठमाडौंबाट अपि नाम्पा संरक्षण क्षेत्रको अपि वेशक्याम्प जान आएका दुई जना रसियाका पर्यटकलाई सही सूचना दिन नसक्दा बीच बाटोमै फर्किनुपरेको हो ।

अपि नाम्पा संरक्षण क्षेत्र, व्यास गाउँपालिका र प्रहरी स्थानीयलेसमेत बाटोका बारेमा सही सूचना नगराउँदा पर्यटकबीच बाटोबाटै फर्किनुपरेको छ । रसियाका कुरुगाभा इलिना र काजिस्तानका झुक्सक्या भेलिना व्यास गाउँपालिका वडा नं २ को घाँटीबगरबाट फर्किएका छन् ।

अपि वेशक्याम्प जान हिँडेका उनीहरुलाई गलत बाटो बताइएका कारण अलपत्र परेको पर्यटकका सहयोगी खगेश्वर गौतमले बताए। नेपालको बाटो भएर अपि फेद जाने बाटो छैन भनेर कसैले भनेनन्, सहयोगी गौतमले भने, “माथि पुगेपछि बाटो नै रहनेछ ।” अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत राजु घिमिरेसँगै काठमाडौँबाट दार्चुला पुगेका पर्यटकलाई घिमिरेलेसमेत सही सूचना नदिएको उनले गुनासो गरे ।

जिम्मेवार निकायको व्यक्तिलेसमेत बाटोको अवस्थाबारे जानकारी गराएनन् । कार्यालयमै गएर जानकारी लिइयो बाटो छ कि छैन भने तर पनि सही सूचना हामीलाई दिइएन उनले भने । खलङ्गाबाट चार दिनमा घाँटीबगर पुगेपछि बाटो रहेनछ । ठाउँठाउँमा प्रहरीले सोधे, प्रवेश गरे तर बाटोका बारेमा जानकारी दिएनन् । हिकिला, हुती, सुनेसरा, सबै प्रहरी चौकीमा सोधियो, तर बाटोबारे केही भनेन् गौतमले भने, “व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीलाई समेत सुनसेरामा भेट भयो । तर उनले पनि बाटोको अवस्थाबारे जानकारी गराउन नसकेको बताए।

उनीहरुलाई दुम्लीङ प्रहरीले बाटोका बारे जानकारी गराएपछि उनीहरु निराश हुँदै फर्किएका छन् । खलङ्गामै बाटोका बारेमा जानकारी गराइ दिएको भए दोस्रो रुट प्रयोग गर्न सकिन्थ्यो । अपि नाम्पा घुम्न भनेर आएका विदेशी पर्यटकले बाटोबाटै फर्किनुपर्दा निराश भएका छन् । झण्डै २५ दिनको म्याद लिएर घुम्न आएका थिए । वैशाख २९ गते सदरमुकाम खलङ्गाबाट हिँडेका उनीहरु ३० गते हुती, ३१ गते तुसरपानी, जेठ १ गते सलेनी, २ गते कल्जु र ३ गते थी पुगेका थिए ।

बाटोमै अलपत्र परेका उनीहरुले अन्तिममा राप्ला घुमेर फर्किएका छन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १२ : ५४ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी