अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारु नोटसहित ३ जना पक्राउ | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारु नोटसहित ३ जना पक्राउ


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय रुपैयाँ (भारु) सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरु पाकिस्तानी नागरिक रहेका जनाइएको छ । नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले ३ जनालाई पक्राउ गरेको हो ।

उनीहरुले बोकेका २ वटा व्रिफकेस चेकजाँच गर्दा ठूलो परिमाणमा भारतीय नोट फेला परेका प्रहरीले जनाएको छ ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयका कर्मचारी र प्रहरीले बरामद भएको नोट गणना गरिरहेका छन् । बरामद भएको नोट नक्कली या सक्कली के हो भन्ने विषय पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु कतारको दोहाबाट काठमाडौं आएका हुन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १ : २१ बजे

भिसाको टुंगो नभएपछि सन्दीपको टिप्पणी : देशको पूरा भएकोमा खुसी छु

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले टि-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने आफ्नो

सन्दीप भन्छन्- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु

काठमाडौं–  क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको

‘तिमी सुस्तरी छेउ आइदेऊन’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं– ‘तिमी सुस्तरी छेउ आइदेऊन’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको

अफगानिस्तानमा बाढीका कारण १६ जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानको बाघलान र बदख्सान प्रान्तमा हालै आएको बाढीमा १६

पशु अस्पताललाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री अधिकारी

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशु स्वास्थ्य सेवालाई प्रभावकारी