असान्जविरुद्ध थप नयाँ १७ अभियोग « Khabarhub

असान्जविरुद्ध थप नयाँ १७ अभियोग


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– गोप्य दस्तावेज सार्वजनिक गरेर तहल्का मच्चाएको वेबसाइट विकिलिक्सका संस्थापक जुलियन असान्जविरुद्ध जासुसी गरेको थप नयाँ १७ अभियोग अमेरिकी अदालतमा दर्ता गरिने भएको छ ।

अमेरिकाको न्याय मन्त्रालयले असान्जविरुद्ध जासुसी अभियोगमा थप १७ अभियोग दर्ता गरिने जनाएको हो । उनले अमेरिकी सेनाकी पूर्व जासुसी विश्लेषक चेल्सी मेनिङसँग मिलेर गैरकानूनी रुपमा अमेरिकी गोप्य सैनिक दस्तावेज सार्वजनिक गरेको गोप्य श्रोतहरुको विवरण खुलाएको र उनको यस्तो कदमबाट ठूलो सङ्ख्यामा मानिसहरुको ज्यान जोखिममा पर्न गएको लतायतका अभियोग लगाइएको छ ।

यसअघि उनीविरुद्ध अमेरिकी सेनाविरुद्ध षड्यन्त्र गरी सन् २०१० मा गोप्य दस्तावेज सार्वजनिक गरेको अभियोग लगाइएको थियो । यी सबै अभियोगमा दोषी पाइए उनलाई कम्तीमा १७० वर्षको जेलसजाय हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि उनलाई लण्डनमा रहेको इक्वेडोरको राजदूतावासमा शरण दिँदै आएपनि इक्वेडोरले उनको शरण फिर्ता लिएपछि उनी हाल बेलायती जेलमा छन् । बेलायतमा उनलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया चलिरहेको बताइएको छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १ : ३८ बजे

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’