बेलायती प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा दिने घोषणा | Khabarhub Khabarhub

बेलायती प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा दिने घोषणा


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– बेलायती प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् ।

पछिल्लो समय बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे आफ्नै पार्टीभित्र विवाद चर्किएपछि उनले पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री मेले ब्रेक्जिटबारे ईयूसँग गरेको सम्झौता उनको आफ्नै कन्जरभेटिभ पार्टीका नेताहरुले समेत रुचाएका थिएनन् । त्यसबाहेक उनले गरेको सम्झौतालाई बेलायती संसद्ले पटक–पटक अस्वीकार गरेपछि उनलाई आफ्नो पदबाट राजीनामा दिन तीब्र दबाब रहँदै आएको थियो ।

त्यस्तै, हालै उनले विपक्षी लेबर पार्टीसँग पनि आफूले ईयूसँग गरेको सम्झौताका विषयमा छलफल गर्ने जनाएकी थिइन् । तर, लेबर पार्टीका नेता जेरेमी कोर्बेनले ईयूसँग मेले गरेको सम्झौतामा आधारभूत परिमार्जन नहुन्जेलसम्म प्रधानमन्त्रीसँग कुनै सहमति हुन नसक्ने जनाएका थिए ।

अब बेलायती संसद्मा सबैभन्दा ठूलो पार्टीका रुपमा रहेको कन्जरभेटिभ पार्टीका नयाँ नेताले प्रधानमन्त्रीको पद सम्हाल्नेछन् । नयाँ कन्जरभेटिभ नेताको छनौट प्रक्रिया शुरु हुन भने केही समय लाग्ने बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ३ : ०८ बजे

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार