इङ्ग्ल्यान्डविरुद्धको ‘वार्म अप’ खेल जित्दै विश्वकप ट्रफी जोगाउने दाउमा अस्ट्रेलिया ! « Khabarhub

इङ्ग्ल्यान्डविरुद्धको ‘वार्म अप’ खेल जित्दै विश्वकप ट्रफी जोगाउने दाउमा अस्ट्रेलिया !


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अस्ट्रेलियाले आयोजक इङ्ग्ल्यान्डसँगको विश्वकप ‘वार्म अप’ खेल जित्दै आफ्नो विश्वकप यात्रा सफल बनाउने लक्ष्य बनाएको छ । शनिबार साउथह्यामटनस्थित ‘दी रोज बल’ मैदान हुने वार्म अपमा इङ्ग्ल्यान्डलाई कमजोर पार्ने योजनामा अस्ट्रेलिया छ ।

अस्ट्रेलियाले पछिल्ला ८ एकदिवसिय अन्तर्राष्ट्रिय खेल मध्य सबैमा जीत हात पारेको छ । एकदिवसिय क्रिकेट विश्वकपमा सबैभन्दा सफल टोली अस्ट्रेलियाका लागि यो सिजनको ट्रफी जोगाउनु चुनौतिपूर्ण रहेको विश्लेषण भइरकेको छ । तर, पनि अस्ट्रेलियाको टीम सन्तुलित भएकाले पुन ट्रफी उचाल्दै छैठौं पटक विश्वकप उचाल्दै किर्तिमानी बनाउने योजनामा रहेको छ ।

केही महिना अगाडिसम्म अस्ट्रेलिया केही कमजोर अवस्थामा थियो । तर, अहिले २ प्रभावकारी ब्याट्सम्यान स्टेभ स्मिथ र डेभिड वार्नर टोलीमा रहँदा अस्ट्रेलियाको ब्याटिङ बलियो देखिएको छ ।

आरोन फिन्चको नेतृत्वमा रहेको अस्ट्रेलियाली टोलीले वेष्ट इन्डिजविरुद्धको अभ्यास खेलमा जित हात पार्दा स्मिथले ७६ रनको योगदान दिएका थिए । जसका आधारमा पनि उनी विश्वकपका लागि तयारी अवस्थामा रहेको बताइएको छ ।

इङ्ग्ल्यान्ड पनि बलियो टिम बनेको छ । जसमा इङ्ग्ल्यान्डले खेलेका पछिल्ला १० खेलमा ९ खेलमा जीत हात पारेको छ । गएको सिजनमा आयोजक इङ्ग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको शृङ्खला ५–० ले जितेको थियो ।

कप्तान इओन मोर्गनले पनि किट सार्वजनिक कार्यक्रममा बोल्दै आफ्नो टोली आत्मविश्वासी रहेको बताएका छन् । उनले भने,‘अहिले हामी राम्रो सम्भावना भएको पोजिसनमा छौं र विश्वकपका लागि आतुर छौं ।’

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ३ : ४४ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी