इङ्ग्ल्यान्डविरुद्धको ‘वार्म अप’ खेल जित्दै विश्वकप ट्रफी जोगाउने दाउमा अस्ट्रेलिया ! | Khabarhub Khabarhub

इङ्ग्ल्यान्डविरुद्धको ‘वार्म अप’ खेल जित्दै विश्वकप ट्रफी जोगाउने दाउमा अस्ट्रेलिया !


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अस्ट्रेलियाले आयोजक इङ्ग्ल्यान्डसँगको विश्वकप ‘वार्म अप’ खेल जित्दै आफ्नो विश्वकप यात्रा सफल बनाउने लक्ष्य बनाएको छ । शनिबार साउथह्यामटनस्थित ‘दी रोज बल’ मैदान हुने वार्म अपमा इङ्ग्ल्यान्डलाई कमजोर पार्ने योजनामा अस्ट्रेलिया छ ।

अस्ट्रेलियाले पछिल्ला ८ एकदिवसिय अन्तर्राष्ट्रिय खेल मध्य सबैमा जीत हात पारेको छ । एकदिवसिय क्रिकेट विश्वकपमा सबैभन्दा सफल टोली अस्ट्रेलियाका लागि यो सिजनको ट्रफी जोगाउनु चुनौतिपूर्ण रहेको विश्लेषण भइरकेको छ । तर, पनि अस्ट्रेलियाको टीम सन्तुलित भएकाले पुन ट्रफी उचाल्दै छैठौं पटक विश्वकप उचाल्दै किर्तिमानी बनाउने योजनामा रहेको छ ।

केही महिना अगाडिसम्म अस्ट्रेलिया केही कमजोर अवस्थामा थियो । तर, अहिले २ प्रभावकारी ब्याट्सम्यान स्टेभ स्मिथ र डेभिड वार्नर टोलीमा रहँदा अस्ट्रेलियाको ब्याटिङ बलियो देखिएको छ ।

आरोन फिन्चको नेतृत्वमा रहेको अस्ट्रेलियाली टोलीले वेष्ट इन्डिजविरुद्धको अभ्यास खेलमा जित हात पार्दा स्मिथले ७६ रनको योगदान दिएका थिए । जसका आधारमा पनि उनी विश्वकपका लागि तयारी अवस्थामा रहेको बताइएको छ ।

इङ्ग्ल्यान्ड पनि बलियो टिम बनेको छ । जसमा इङ्ग्ल्यान्डले खेलेका पछिल्ला १० खेलमा ९ खेलमा जीत हात पारेको छ । गएको सिजनमा आयोजक इङ्ग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको शृङ्खला ५–० ले जितेको थियो ।

कप्तान इओन मोर्गनले पनि किट सार्वजनिक कार्यक्रममा बोल्दै आफ्नो टोली आत्मविश्वासी रहेको बताएका छन् । उनले भने,‘अहिले हामी राम्रो सम्भावना भएको पोजिसनमा छौं र विश्वकपका लागि आतुर छौं ।’

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ३ : ४४ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार

आज २०८१ साल जेठ ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड