पीएम कप क्रिकेट– आर्मीद्वारा प्रदेश नम्बर दुई १ सय ७१ रनले पराजित « Khabarhub

पीएम कप क्रिकेट– आर्मीद्वारा प्रदेश नम्बर दुई १ सय ७१ रनले पराजित


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुन आर्मीले शुखद् शुरुवात गरेको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुक्रवारबाट शुरु भएको प्रतियोगितामा आर्मीले प्रदेश नम्बर २ लाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । आर्मीले दिएको २ सय ७९ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले ३१.४ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ७ रन मात्रै बनाउन सक्यो ।

आर्मीका बलर सामू प्रदेश २ का ब्याट्सम्यान कमजोर देखिए । प्रदेश २ का लागि हरिशंकर शाहले २१ रन, साम्सद शेखले १६ रन र सुधिर चौधरीले १५ रन र राशिद खानले १४ रन बनाउनु बाहेक अन्यले राम्रो रन, बनाउन सकेनन् ।

प्रदेश २ विरुद्ध आर्मीका बलरहरुले उत्कृष्ट प्रदर्र्शन गरे । आर्मीका लागि साहब आलमले ४ विकेट लिए । उनले ९ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए भने सुसान भारीले ३ विकेट लिए । त्यस्तै, जितेन्द्र मुखीयाले २ विकेट लिए भने कुशल मल्लले समान एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको गरेको आर्मीले ५० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर २सय७८ रन बनाउँदै प्रदेश २ लाई २सय७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

आर्मीका लागि राजु रिजाल र कप्तान बिनोद भण्डारीले अर्धशतकीय पारी खेलेका थिए । यस्तै, आपनिङ ब्याट्सम्यान राजु रिजाल शतक नजिक पुगेर आउट भए । उनले १सय९ बलमा ९० रन बनाए । यस्तै, कप्तान बिनोदले ६६ रन बनाउँदा रोहित कुमार पौडेलले ४७ रन बनाएका थिए ।

हरि चौहानले २६ रन र सुशन भारी १२ रनमा अविजित रहे । आर्मीविरुद्ध प्रदेश २ का हरिशंकर शाहले ३ विकेट लिएका थिएका थिए ।

पहिलो जितसँगै आर्मीले २ अंक जोड्न सफल भएको छ । १० टिम सहभागी प्रतियोगिताका दुई समूहका शीर्ष दुई टिम सेमिफाईनलमा स्थान बनाउनेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालयको व्यवस्थापन रहेको प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ४ : ०३ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम