पीएम कप क्रिकेट– आर्मीद्वारा प्रदेश नम्बर दुई १ सय ७१ रनले पराजित « Khabarhub

पीएम कप क्रिकेट– आर्मीद्वारा प्रदेश नम्बर दुई १ सय ७१ रनले पराजित


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुन आर्मीले शुखद् शुरुवात गरेको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुक्रवारबाट शुरु भएको प्रतियोगितामा आर्मीले प्रदेश नम्बर २ लाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । आर्मीले दिएको २ सय ७९ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले ३१.४ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ७ रन मात्रै बनाउन सक्यो ।

आर्मीका बलर सामू प्रदेश २ का ब्याट्सम्यान कमजोर देखिए । प्रदेश २ का लागि हरिशंकर शाहले २१ रन, साम्सद शेखले १६ रन र सुधिर चौधरीले १५ रन र राशिद खानले १४ रन बनाउनु बाहेक अन्यले राम्रो रन, बनाउन सकेनन् ।

प्रदेश २ विरुद्ध आर्मीका बलरहरुले उत्कृष्ट प्रदर्र्शन गरे । आर्मीका लागि साहब आलमले ४ विकेट लिए । उनले ९ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए भने सुसान भारीले ३ विकेट लिए । त्यस्तै, जितेन्द्र मुखीयाले २ विकेट लिए भने कुशल मल्लले समान एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको गरेको आर्मीले ५० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर २सय७८ रन बनाउँदै प्रदेश २ लाई २सय७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

आर्मीका लागि राजु रिजाल र कप्तान बिनोद भण्डारीले अर्धशतकीय पारी खेलेका थिए । यस्तै, आपनिङ ब्याट्सम्यान राजु रिजाल शतक नजिक पुगेर आउट भए । उनले १सय९ बलमा ९० रन बनाए । यस्तै, कप्तान बिनोदले ६६ रन बनाउँदा रोहित कुमार पौडेलले ४७ रन बनाएका थिए ।

हरि चौहानले २६ रन र सुशन भारी १२ रनमा अविजित रहे । आर्मीविरुद्ध प्रदेश २ का हरिशंकर शाहले ३ विकेट लिएका थिएका थिए ।

पहिलो जितसँगै आर्मीले २ अंक जोड्न सफल भएको छ । १० टिम सहभागी प्रतियोगिताका दुई समूहका शीर्ष दुई टिम सेमिफाईनलमा स्थान बनाउनेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालयको व्यवस्थापन रहेको प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ४ : ०३ बजे

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ