सगरमाथाको उचाई ६ महिनापछि थाहा हुने ! « Khabarhub

सगरमाथाको उचाई ६ महिनापछि थाहा हुने !


१० जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली फर्किएको छ । सगरमाथाको उचाइ मापन गरेर टोली बिहीवार काठमाडौं फर्किएको हो ।

टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पदमा अर्यालले सिंहदरबारस्थित मन्त्रालयमै एक कार्यक्रमको आयोजना गरी स्वागत गरिन् । उनले अब ६ महिनाभित्र सगरमाथाको वास्तविक उचाई प्राप्त हुने जानकारी दिइन् ।

नेपाल सरकारले पहिलोपटक आफैंले सगरमाथाको उचाई मापन गरेको हो । यसअघि भारतले सगरमाथाको उचाइ मापन गरेको थियो जसलाई नेपाल सरकारले मान्यता दिएको थियो ।

२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाईमाथि प्रश्न उठाउन थालेपछि सरकारले पहिलो पटक आफ्नै स्रोत र साधनमा नापी विभागमा प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी विभागकै नापी अधिकृत रविन कार्की, विभागका सर्वेभर सुरजसिंह भण्डारी र अमिन युवराज धिताललाई गत चैत्र २७ गते त्यसतर्फ पठाएको थियो ।

टोलीले गत जेष्ठ ८ गते बिहान ३ गते सगरमाथाको उचाई चुमी१ घण्टा १६ मिनेट लगाएर सगरमाथाको उचाईको सर्वेक्षण गरेको हो । आरोहण चुनौतिपूर्ण भएपनि प्रधानमन्त्री ओलीको उत्साह र मन्त्री अर्यालको हौसलाका कारण आफूहरुले सगरमाथाको सफल आरोहण गरी त्यसको उचाईको सर्वेक्षण गर्न सफल भईएको टोलीका नेता प्रमुख नापी अधिकृत गौतमले बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ४ : २६ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६