व्यवहारिक शिक्षा नहुँदा विदेशिने बढे–मन्त्री विष्ट | Khabarhub Khabarhub

व्यवहारिक शिक्षा नहुँदा विदेशिने बढे–मन्त्री विष्ट


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले रोजगारीका लागि व्यवहारीक शिक्षाको आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार प्रदेश नम्बर ३ सँग प्रधानमन्त्री रोजगार कार्यक्रममा त्रिपक्ष सम्झौतामा हस्ताक्षरका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री विष्टले कामसँग जोडने शिक्षा नहुँदा देशमा बेरोजगारीदर बढेको र वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या बृद्धि भइरहेको धारण राखे ।

‘देशमा बेरोजगारी अन्त्य गर्ने सवै तहका सरकार मिलेर काम गर्नुपर्छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सवैले मिलेर सफल पर्नुपर्छ’ मन्त्री विष्टले भने, ‘रोजगारी विकाससँग जोडिएको विषय भएकाले सरकारले रोजगारीका अवसर निर्माणमा गर्ने जोड गरिरहेको हो । आर्थिक उन्नतिका पाटो रोजगारी हो ।’

प्रधानमन्त्री रोजगारका कार्यक्रम बेरोजगारी समस्या समाधान गर्ने माध्यम बन्ने वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुषालले बताए । देशभित्र युवालाई व्यवसाय र उद्यमी बनाउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो ।

प्रदेश नम्बर ३ को स्थानिय हत, प्रदेश र श्रम मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि हस्ताक्षर गरेका छन् ।

श्रम मन्त्रालयले सडक निर्माण तथा मर्मत, कृषि तथा सिंचाई, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसरफाइ, शिक्षा वन तथा जलाधार, पर्यटन, स्थानीय आवश्यकता अनुसारका अन्य श्रम प्रधान आयोजनाहरुमा रोजगारी लगाउने कार्यविधि बनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ४ : ३९ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य