प्रहरीले जनप्रतिनिधिलाई कुटेको भन्दै आन्दोलन « Khabarhub

प्रहरीले जनप्रतिनिधिलाई कुटेको भन्दै आन्दोलन


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– प्रहरीले जनप्रतिनिधीलाई कुटेको भन्दै कञ्चनपुरका स्थानीय आन्दोलित भएका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ११ का वडा अध्यक्ष तुलसी अर्याल लगायतलाई प्रहरीले चौकीमा छलफलका क्रममा कुटपिट गरेको आरोप स्थानीयले आरोप लगाउँदै प्रहरी चौकीमा प्रदर्शन गरेका छन् ।

बाल विवाहको विषयमा बिहीवार राति प्रहरी चौकीमा छलफल चलिरहेको बेला जनप्रतिनिधि र स्थानीयलाई प्रहरीले कुटपिट गरेको आरोप प्रदर्शकारीले लगाएका छन् ।

हरी र सिंहबीच विवाद भएपछि छुट्याउन जाँदा प्रहरीले आफ्नो टाउकोमा लाठी प्रहार गरेको वडाध्यक्ष अर्यालले बताए ।

बाल विवाहको मुद्दाका विषयमा चौकीमा छलफल गर्दागर्दै प्रहरी र स्थानीयबीच विवाद भएको र  प्रहरीले स्थानीयसँगै आफूलाई पनि लाठी प्रहार गरेको वडा अध्यक्षा अर्यालले बताए ।

पुनर्वास ११ का १७ वर्षीय रोशन विकले पुनर्वास ३ की १४ वर्षीया एक बालिकालाई भगाएर ल्याएका थिए । उमेर नपुगेको भन्दै बालिकाको परिवारले प्रहरीमा निवेदन दिएका थिए । बिहीबार बालबालिका घरमै भेटिएपछि प्रहरीले छलफलका लागि दुवैका अभिभावकलाई चौकीमा बोलाएको थियो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बमले बाल विवाहको विषयमा समान्य विवाद हुँदा धकेलाधकेल मात्र भएको बताए । ‘चौकीमा लाठि प्रहार भएको छैन,’ बलमे भने, ‘विवाद मात्रै भएको हो ।’ बालकका बाबुकृष्ण विकले छोरालाई जिम्मा लिए पनि बालिकाले जान नमोपछि विवाद भएको थियो ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ५ : ०२ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच