पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी | Khabarhub Khabarhub

पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७६ जारी गरेको छ ।

उक्त कार्यविधिमा केन्द्रीय, प्रदेश र स्थानीय तहमा काम, श्रमिकको पारिश्रमिक र काम सञ्चालन गर्ने विषय कार्यविधिमा खुलाइएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

स्थानीय तहमा सूचिकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूति गराउन तथा सामूदायिक पुर्वाधारहरुको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप सहयोग पुराउन कार्यविधि ल्याएको मन्त्रालयले जानकारी दिएको छ ।

रोजगार आयोजना सञ्चालन गर्न रोजगारीको हकसम्बन्धी ऐन, २०७५ को दफा ३२ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि लागू गरिने मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले प्रदेश र स्थानिय हतमा रोजगारी तथा विभिन्न क्षेत्रका परियोजना वा प्रतिष्ठानका काम गर्ने श्रमिकलाई सहयोगका लागि नयाँ कार्यविधि ल्याएको श्रम मन्त्रालयका सहसचिव लोकनाथ भुसालले जानकारी दिएका छन् ।

कार्यविधिमा रोजगारीलाई व्यवस्थीत बनाउन सहयोग गर्ने, आयोजनामा श्रमिकको व्यवस्थापन, पारिश्रमिकका विषय, रोजगारीका क्षेत्र व्यवस्थापन र अन्य क्षेत्रलाई समेटिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ५ : १६ बजे

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री