पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी « Khabarhub

पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७६ जारी गरेको छ ।

उक्त कार्यविधिमा केन्द्रीय, प्रदेश र स्थानीय तहमा काम, श्रमिकको पारिश्रमिक र काम सञ्चालन गर्ने विषय कार्यविधिमा खुलाइएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

स्थानीय तहमा सूचिकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूति गराउन तथा सामूदायिक पुर्वाधारहरुको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप सहयोग पुराउन कार्यविधि ल्याएको मन्त्रालयले जानकारी दिएको छ ।

रोजगार आयोजना सञ्चालन गर्न रोजगारीको हकसम्बन्धी ऐन, २०७५ को दफा ३२ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि लागू गरिने मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले प्रदेश र स्थानिय हतमा रोजगारी तथा विभिन्न क्षेत्रका परियोजना वा प्रतिष्ठानका काम गर्ने श्रमिकलाई सहयोगका लागि नयाँ कार्यविधि ल्याएको श्रम मन्त्रालयका सहसचिव लोकनाथ भुसालले जानकारी दिएका छन् ।

कार्यविधिमा रोजगारीलाई व्यवस्थीत बनाउन सहयोग गर्ने, आयोजनामा श्रमिकको व्यवस्थापन, पारिश्रमिकका विषय, रोजगारीका क्षेत्र व्यवस्थापन र अन्य क्षेत्रलाई समेटिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ५ : १६ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४