वाइफाइ नचलेर हैरान हुनुहुन्छ ? यस्तो घरेलु उपाय अपनाउनुस् « Khabarhub

वाइफाइ नचलेर हैरान हुनुहुन्छ ? यस्तो घरेलु उपाय अपनाउनुस्


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तपाईं घरमा वाइफाइ नचलेर हैरान हुनुहुन्छ ? इन्टरनेट प्रदायकलाई रकम तिरेपनि नेट स्लो वा वाइफाइको सिग्नल कमजोर आएका कारण दिक्क भएकाहरुलाई राहत हुने भएको छ ।

शोधकर्ताहरुले वाइफाइ कमजोर भएको खण्डमा उपाय अपनाउने तथ्य फेला पारेका छन् ।

शोधकताहरुले वाइफाइ राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग मजबुत हुने तथ्य पत्ता लगाएका छन् ।

अमेरिकाको डार्टमाउथ विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार राउटर एन्टेनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले नेटवर्कमा सम्भावित दखल पनि कम हुने र यसले इन्टरनेट कनेक्सनको सुरक्षालाई पनि बढाउने दाबी गरेका छन् ।

राउटरको एन्टेना सबै दिशाका लागि हुन्छ, अर्थात् सिग्नल सबैतर्फ फिजिन्छ । तर आल्मुनियम फोइल लगाउनाले तरंगले एक दिशामा काम गर्न थाल्छ, जसले तपाईलाई फाइदा पुग्न सक्छ ।

डार्टमाउथका शोधकर्ता इन्जिनियरका अनुसार यसले कुनै भवनभित्र वायरलेस संरचनाको क्षमता बढाउँन मद्दत गर्छ ।  यसले भवनको इन्टेरियर डिजाइन, विभाजन तथा अन्य रोकावटको प्रभावलाई कम गर्न सहयोग गर्छ ।

आल्मुनियमको पाता लगाउँदा पनि केही कुरामा ध्यान पुर्‍ याउन जरुरी हुन्छ । त्यसका लागि पातालाई यसरी प्रयोग गर्न जरुरी छ कि यसले जसले गर्दा वाइफाइको सिग्नललाई तपाईले चाहेको कोठा तर्फ फर्काउन सकोस् ।

केही क्षेत्रमा तरंग रोक्नाले केही फाइदा पनि हुनछन् । जस्तै काँचका झ्याल लगायतका चिजमा तरंग ठोक्किएर परावर्तन हुने र त्यसले इन्टरनेट कनेक्सनलाई प्रभाव पार्ने जोखिम पनि कम हुन्छ ।

इन्टरनेट तरंगलाई यसरी दिशा प्रदान गर्दा विभिन्न अवरोधमा कमी त आउँछ नै यसले वाइफाइको सुरक्षामा पनि वृद्धि गर्दछ ।

किनकी आल्मुनियम फोइलले वाइफाइ ह्याक गर्ने प्रयत्नमा रहेकाहरुसम्म वा साइबर हमलाकारी तपाईको वाइफाइ सिग्नल सम्म पुग्न सक्दैनन् ।
यस्तो आल्मुनियम प्यानल घरमै पनि तयार गर्न सकिन्छ । जसका कारण वाइफाइ सिग्नल कमजोर हुने र वाइफाइ अरुले चोर्ने समस्या कम हुन्छ । एकपटक प्रयोग गरेर हेर्ने कि ?

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ५ : २७ बजे

भीएआरले फिफालाई आपत् : स्विट्जरल्यान्डलाई दिइएको पेनाल्टीबारे के भन्यो ?

काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत कतार र स्विट्जरल्यान्डबीचको खेलमा भिडियो

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेर राणाले मुलुकमा

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी–  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी

हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम

काठमाडौं– अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ?