कोपा अमेरिका– कतारलाई पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश « Khabarhub

कोपा अमेरिका– कतारलाई पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्जेन्टिना कोपा अमेरिकाको लिग चरणको आफ्नो अन्तिम खेलमा बिजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलमा जारी कोपाको समूह बी अन्तर्गतको अन्तिम खेलमा अर्जेन्टिनाले कतारलाई २–० ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको हो ।

खेलको शुरुवाती चौंथो मिनेटमा नै अग्रता बनाएको अर्जेन्टिनाका लागि मार्टिनेजले पहिलो गोल गरेका थिए भने सर्जियो अग्वेरोले ८२ औं मिनेटमा दोस्रो गोल गर्दै टीमलाई जीत दिलाएका हुन् ।

लियोनल मेस्सीको अर्जेन्टिनाले यो जितसँगै लिग तालिकमा एक खेलमा बराबरी र एकमा जीतसहति ४ अंक बुटेको छ । कोलम्बिना सबै खेलमा जीत निकाल्दै शीर्ष स्थानमा रहेको छ ।

ग्रुप बिजेता कोलम्बियाले पाराग्वेलाई १–० ले पराजित गरेपछि अर्जेन्टिनाको अर्कोचरणको यात्रामा सहज भएको थियो ।

शुक्रवार हुने क्वाटरफाइनमा अब अर्जेन्टिनाले भेनेजुएलाको सामना गर्नेछ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ६ : ५५ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर