मोदीका विश्वासपात्र मुख्यमन्त्रीले भने– नेपाल फेरि हिन्दूराज्य भएको हेर्ने चाहना छ « Khabarhub

मोदीका विश्वासपात्र मुख्यमन्त्रीले भने– नेपाल फेरि हिन्दूराज्य भएको हेर्ने चाहना छ


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतका एक जना मुख्यमन्त्री योगी आदित्य नाथले नेपाल फेरि हिन्दूराज्य भएको हेर्ने चाहना भएको बताएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशन भएको छ ।

भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने आफ्नो चाहना भएको बताएका हुन्। हिन्दू राज्य बन्नेतर्फ अग्रसर भए बहुसंख्यक भारतीय जनता नेपालको पक्षमा उभिने उनले बताएका हुन्। ‘हिन्दु राज्य हुँदा नेपाललाई ठूलो फाइदा छ’, नेपाली पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सय करोडभन्दा बढी हिन्दू आबादी भएको भारतका बासिन्दा पनि यही चाहन्छन्।’

हिन्दू राज्य बनाउन सके विश्वमा नेपालले आफ्नो अस्तित्व अलग्गै बनाउन सक्ने उनको भनाइ छ। ‘नेपाललाई हिन्दू राज्य बनाउँदा यसको आफ्नै छुट्टै पहिचान बन्न सक्छ,’ उनले भने, ‘बेलायतले हामीलाई सेक्युलर (धर्म निरपेक्ष) बनायो। बेलायतका प्रधानमन्त्री वा कुनै पनि पदाधिकारीले बाइबल छोएर शपथ लिन्छन्। तर त्यही सेक्युलारिज्ममा हामीलाई गीता छोएर शपथ खान दिइन्नँ।’ नेपालको सिमाना जोडिएको राज्यका मुख्यमन्त्री आदित्यनाथले हिन्दू राज्यको वकालत गर्दै आएका छन्।

भारतका बहुसंख्यक हिन्दू धर्मावलम्बी पशुपतिनाथ मन्दिर र मुक्तिनाथमाथि ठूलो आस्था राख्ने भन्दै नेपालले धार्मिक पर्यटनबाट ठूलो लाभ उठाउन सक्ने उनको भनाइ छ। ‘दक्षिण भारतका हिन्दू मुक्ति प्राप्त हुने विश्वासमा मुक्तिनाथ मन्दिर जान्छन्’, उनले भने, ‘हामीकहाँ पशुपतिनाथ मन्दिर जानैपर्ने धार्मिक मान्यता पनि छ।’ योगी आदित्यनाथको वास्तविक नाम अजय सिंह विष्ट हो। उत्तराखण्डका योगीले गढवाल युनिभर्सिटीबाट बीएससीसम्मको अध्ययन पूरा गरेका थिए। गोरखनाथ मन्दिरका महन्त अवैद्यनाथले उनलाई दीक्षा दिएर योगी बनाएका थिए।

अवैद्यनाथले सन् १९९८ मा राजनीतिबाट संन्यास लिएपछि आदित्यनाथलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए। सन् १९९८ को लोकसभा चुनावमा २६ वर्षको उमेरमा नै उनी सांसद बनेका थिए। उनी गोरखपुरबाट पाँचौ पटक सांसद बनेपछि मुख्यमन्त्री बनेका थिए। उनले हिन्दू युवा वाहिनी गठन गरेर धर्म परिवर्तनविरुद्ध अभियान नै थालेका थिए। उनी विवादित बयानका कारण पनि चर्चामा आइरहन्छन्। उनी मुख्यमन्त्री भएपछि गोरखपुरलगायत उत्तर प्रदेशका धेरै ऐतिहासिक स्थलका नाम फेरेका थिए। गोरखपुरको उर्दू बजार हिन्दी बजारमा र अलीनगरको नाम फेरिएर आर्यनगर बनाइएका थिए।

हिन्दू राज्य र राजसंस्था माग गर्दै आएको राप्रपाले संगठित र योजनाबद्ध रूपमा धर्म परिवर्तन भइरहेको दाबी गरेको छ। काठमाडौंमा शनिबार सुरु पार्टीको केन्द्रीय कार्य समिति बैठकले सुनियोजित तवरबाट हिन्दू धर्ममाथि प्रहार भइरहेको निष्कर्ष निकालेको हो। बैठकका निर्णय सुनाउँदै आइतबार अध्यक्ष कमल थापाले धर्म परिवर्तन नरोके देश धार्मिक द्वन्द्वमा फस्ने खतरा औंल्याए। ‘धर्म परिवर्तन नरोक्ने हो भने राष्ट्रिय पहिचान संकटमा पर्ने, सदियौंदेखि समाजमा कायम धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव र एकता खलबलिने तथा अन्ततोगत्वा देश धार्मिक द्वन्द्वमा फस्न सक्ने टड्कारो सम्भावना देखिन्छ,’ उनले भने।

राप्रपाले धर्म परिवर्तन गराउनेलाई कारवाही गर्न र निरुत्साहित गर्न माग गरेको छ। राप्रपाले ०७६ लाई संगठन निर्माण वर्षका रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ। संगठनलाई वडा तहसम्म पु¥याउने पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। कम्तिमा ३ लाख सक्रिय सदस्य बनाइने छ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ६ : १५ बजे

हर्मुज सुरक्षाको खर्च खाडी राष्ट्रले बेहोर्नुपर्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय

पैदल मार्चमा निस्केका मिटरब्याज पीडितसँग गृहमन्त्रीको वार्ता (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी : प्रश्न गर्नेलाई त्रास देखाएर ठेगान लगाउन खोजेको आरोप

काठमाडौं- विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले सञ्चारमाध्यम लगायतका स्थानमा

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा

देशभरको रगतको उपलब्धता अब नागरिक एपबाटै हेर्न सकिने

काठमाडौँ– नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको