सरकारविरुद्ध ब्राजिलका १९० शहरमा विरोध प्रदर्शन « Khabarhub

सरकारविरुद्ध ब्राजिलका १९० शहरमा विरोध प्रदर्शन


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल– ब्राजिलमा सरकारविरुद्ध चर्को रुपमा विरोध प्रदर्शन शुरु भएको छ । सरकारले प्रस्ताव गरेको सामाजिक सुरक्षा सुधारविरुद्ध त्यहाँका स्थानीयले देशव्यापी विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीय सञ्चारमाध्यमअनुसार ब्राजिलका सबै राज्यका कम्तीमा १९० सहरमा विरोध प्रदर्शन भएको छ । विरोध प्रदर्शनका क्रममा १९ वटा राज्यका यातायात सेवा, सहरी रेलसेवा आदिमा अवरोध सिर्जना गरिएको छ । सार्वजनिक तथा अधिकांश निजी विद्यालयहरू पनि बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक क्षेत्रमा सरकारी लगानी कटौती गर्ने प्रस्तावको विरोधमा आयोजित प्रदर्शन शान्तिपूर्ण नै रहेको जनाइएको छ । ब्राजिलमा दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारो सत्तामा रहेयता ब्राजिलका जनताले सरकारविरुद्ध विभिन्न आन्दोलन चर्काउँदै आएका छन् ।

उनी राष्ट्रपति भएपछि देशव्यापी आन्दोलन भएको यो तेस्रो घटना हो । यसअघि विश्वविद्यालयको बजेट कटौतीको विरोधमा पनि ब्राजिलका जनता सरकारको विरोधमा उत्रेका थिए ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ७ : ५३ बजे

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको