सरकारविरुद्ध ब्राजिलका १९० शहरमा विरोध प्रदर्शन « Khabarhub

सरकारविरुद्ध ब्राजिलका १९० शहरमा विरोध प्रदर्शन


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल– ब्राजिलमा सरकारविरुद्ध चर्को रुपमा विरोध प्रदर्शन शुरु भएको छ । सरकारले प्रस्ताव गरेको सामाजिक सुरक्षा सुधारविरुद्ध त्यहाँका स्थानीयले देशव्यापी विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीय सञ्चारमाध्यमअनुसार ब्राजिलका सबै राज्यका कम्तीमा १९० सहरमा विरोध प्रदर्शन भएको छ । विरोध प्रदर्शनका क्रममा १९ वटा राज्यका यातायात सेवा, सहरी रेलसेवा आदिमा अवरोध सिर्जना गरिएको छ । सार्वजनिक तथा अधिकांश निजी विद्यालयहरू पनि बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक क्षेत्रमा सरकारी लगानी कटौती गर्ने प्रस्तावको विरोधमा आयोजित प्रदर्शन शान्तिपूर्ण नै रहेको जनाइएको छ । ब्राजिलमा दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारो सत्तामा रहेयता ब्राजिलका जनताले सरकारविरुद्ध विभिन्न आन्दोलन चर्काउँदै आएका छन् ।

उनी राष्ट्रपति भएपछि देशव्यापी आन्दोलन भएको यो तेस्रो घटना हो । यसअघि विश्वविद्यालयको बजेट कटौतीको विरोधमा पनि ब्राजिलका जनता सरकारको विरोधमा उत्रेका थिए ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ७ : ५३ बजे

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान