विश्वकप क्रिकेट–पाकिस्तानको दोस्रो जित « Khabarhub

विश्वकप क्रिकेट–पाकिस्तानको दोस्रो जित


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकालाई जितको लागि ३०९ रनको लक्ष्य थियो तर उसले पूरै ५० ओभर खेल्दा ९ विकेट गुमाएर २५९ रन मात्र जोड्न सक्यो ।
दक्षिण अफ्रिकाका कप्तान फाफ डू प्लेसीले सबैभन्दा धेरै ६३ रन जोडे ।  टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा सात विकेट गुमाउँदै ३ सय ८ रन बनाएको थियो ।

पाकिस्तानले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेको थियो । ओपनर फकर जमान ४४ रनमा आउट भए । त्यसपछि इमाम उल हम पनि ४४ रनमा आउट भएपछि पाकिस्तानले ९८ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका मोहम्मद हफिजमात्र २० रनमा आउट भए । चौथो विकेटका लागि बाबर अजाम र ह्यारिस सोहेलबीच ८१ रनको साझेदारी हुँदा पाकिस्तान बलियो स्थितिमा पुगेको थियो । बाबर ६९ रनमा आउट हुन पुगे ।

त्यसपछि इमाद वासिमले २३ रन बनाए भने हारिस सोहेलले अविजीत ८९ रन बनाए । बलिङमा दक्षिण अफ्रिकाका इमरान ताहिरले दुई विकेट लिए । जवाफमा दक्षिण अफ्रिका ५० ओभरमा ९ विकेट गुमाउँदा २ सय ५९ रनमा रोकियो ।

राम्रो सुरुवात गर्न नसकेको दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डुप्लिसिसले ६३ रन बनाए भने क्विन डी ककले ४७ रनको योगदान गरे । यस्तै ही भान डेर डुसेनले ३६ र डेविड मिलरले ३१ रन बनाए । यसका साथै उसका लागि फेलुक्वाले अविजीत ४६ रन बनाए भने क्रिस मोरीसले १६ रन बनाए । बलिङमा पाकिस्तानका वाहेब रियाज र सहदाव खानले तीन तीन विकेट लिए ।

यो जितका साथ पाकिस्तान अंक तालिकामा सातौं स्थानमा उक्लिएको छ । अब उसको खातामा ६ खेलमा दुई जीत र तीन हार तथा एक रद्द खेलका साथ पाँच अंक भएको छ ।

अब उसको आगामी खेल यो विश्वकपमा कुनै पनि खेल नहारेको न्यूजील्याण्डसँग २६ तारिखमा हुने छ ।

यस्तै दक्षिण अफ्रिकाको यो सातौं खेलमध्ये पाँचौ हार हो । उसले केवल एकमात्र जितेको छ । अफ्रिकाको एक खेल पानीका कारण रद्द भएको थियो । दक्षिण अफ्रिका अंक तालिकामा तीन अंकसाथ नावौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ७ : ४९ बजे

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्