संखुवासभा पहिराले थुनिए २८ परिवार, मौसम सफा नभएकाले उद्धार र राहतमा समस्या « Khabarhub

संखुवासभा पहिराले थुनिए २८ परिवार, मौसम सफा नभएकाले उद्धार र राहतमा समस्या


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा–संखुवासभाको मकालु गाउँपालिकामा पहिरोका कारण २८ परिवार थुनिएका छन् । असार ३ गते गएको पहिरोले उनीहरु थुनिएका हुन् । उनीहरु ६ दिनदेखि राम्रोसँग निदाउन पाएका छैनन् । भीषण वर्षाले अधिकांश भूभागमा पहिलो गएको छ ।

भीषण वर्षाले सबै भूभाग क्षतिग्रस्त भएको छ । पहिरोमा फसेकाले उद्धारको पर्खाइमा रहेको बताएका छन् । उनीहरु कतिपयले खुल्ला आकाशमा रात काटिरहेका छन् ।

विस्थापितका लागि नजिकका बजार नुम र हेदान्ना हुन्। तर यहाँसम्म पुग्ने बाटो पहिरोले भत्काइदिएको छ। बाटो नभएपछि गाउँमै थुनिएर बस्नुपरेको स्थानीयले बताए।

भएको अन्नपात सकिएपछि अब के खाने भन्ने चिन्ता उनीहरूमा छ । बालबालिका स्कुल जान पाएका छैनन्। विद्यालयसम्म पुग्ने बाटो छैन। पहिरोले भत्किएको बाटो पुनः सञ्चालनमा ल्याउन महिनौं लाग्न सक्ने गाउँले बताउँछन्। पहिरोको बाटो हिँड्ने सक्ने अवस्थामा नरहेको स्थानीय शैलेन्द्र राईको भनाइ छ। खानेपानीको मुहान पनि पहिरोले बगाएकाले धेरै समस्या भएको उनले बताए।

मकालु गाउँपालिकाले पहिरो पीडितका लागि सदरमुकाम खाँदबारीमा राहत सामग्री तयारी अवस्थामा राखेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । खाँदबारीबाट सेनाको हेलिकप्टरमार्फत राहत लैजाने तयारी भएको उनको भनाइ छ ।

मौसम सफा नभएकाले आइतबार सेनाको हेलिकप्टरबाट राहत सामग्री वितरण हुन नसकेको डीएसपी मिमबहादुर लामाले जानकारी दिए। ‘सबै सामग्री तयारी अवस्थामा छन्,’ उनले भने, ‘हेलिकप्टर आएर बस्ने अवस्था नभएपछि उद्धार र राहतमा समस्या भयो।’ उच्च हिमाली भेग रहेकाले मौसममा सुधार आउन नसक्दा हेलिकप्टर लैजान नसकिएको उनले बताए।

थुनिएकालाई उद्धार गरी नुम र हेदान्ना ल्याउने तयारी गरिएको लामाको भनाइ छ। पहिरो गएपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली नुम र अरुण तेस्रो आयोजनाको ड्यामसाइडसम्म पुगेर फर्किएको थियो। ‘त्यहाँभन्दा उता हिँडेर जाने सडक नभएपछि हामी पनि फर्कियौं,’ उनले भने, ‘पहिरो हेर्दा कहालीलाग्दो छ।’ मानवीय क्षति भने भएको छैन । प्रहरीलाई पनि क्षतिको विवरण संकलन गर्न ४ दिनभन्दा बढी लागेको थियो।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ८ : ३५ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त