सधैँ सदावहार करिश्मा « Khabarhub

सधैँ सदावहार करिश्मा


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका करिश्मा मानन्धरलाई सदावहार अभिनेत्री पनि भन्ने गरिन्छ । पछिल्लो समय करिश्मा फिल्म क्षेत्रमा भने त्यति सक्रिय छैनिन् । कुनै समय एकपछि अर्को गर्दै फिल्ममा व्यस्त भएकी करिश्मा केही वर्ष यता भने फिल्मका कार्यक्रममा सामेल हुनुमा नै सीमित भएकी छिन् ।

राजनीतिले पनि करिश्मालाई फापेन । नयाँ शक्ति पार्टीमा लागेकी करिश्मा बाबुराम भट्टराईले उपेन्द्र यादवसँग पार्टी एकता गरेपछि उनी राजनीतिबाट बाहिरिएकी छिन् । बरु उनले सामाजिक सञ्जालमा आफ्नो खुबै उपस्थिति देखाइएकी हुन्छिन् । सामाजिक सञ्जालमा करिश्माले विभिन्न तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । राजन‍ैतिक विचार पनि राखिरहेकी हुन्छिन् ।

कहिले करेसाबारीमा काम गरेका तस्वीर त कहिले चट्याङ पर्दाका तस्वीर शेयर गर्ने गरेकी करिश्मा फाटफुट कार्यक्रम र फिल्मको प्रिमियरमा देखिन्छिन् । हालै करिश्मा चलचित्र ‘दाल भात तरकारी’ को एकाउन्न दिन मनाएको उपलक्ष्यमा राखिएको कार्यक्रममा भेटिइन् । कार्यक्रममा पुगेकी करिश्माको रुपको धेरैले खुलेर प्रशंसा गरे । उनलाई देखेर कतिपयले उनलाई सदावहार नायिका भनिरहेका थिए ।

पछिल्लो समय करिश्मा फिल्म क्षेत्रमा सक्रिय छैनिन् । तर उनले दर्शकको ध्यान भने कुनै न कुनै माध्यमबाट खिचिरहेकी छिन् ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १ : ०८ बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा