प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत चलेको छ– मन्त्री विष्ट | Khabarhub Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत चलेको छ– मन्त्री विष्ट


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत संचालन भएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत श्रम रोजगार तथा सामाजिक सुरक्षा शिर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको उत्तर दिदै उनले प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तह अन्र्तगत कार्यान्वयन गर्ने गरि कार्यक्रम पठाईएको र त्यसको कार्यविधि, निर्देशिका, क्षेत्र कार्यान्वयनको विधि, अनुगमन र भुक्तानीको विधी तय गरिएको बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतको बजेट दुरुपयोगको सन्र्दभमा सांसदहरुले उठाएको प्रश्नमा उनले श्रम ऐनका प्रावधानलाई कार्यान्वयन गर्ने सम्बन्धमा पोशाक निर्धारण गरिएको भन्दै गोलमोटल जवाफ दिए। उनले श्रम ऐन कार्यान्वयनको विषयलाई उठाएर घुमाउरो ढंगमा सांसदहरुलाई धम्की नै दिए ।

उनले भने “मलाई त यसले ध्यानाकर्षण मात्रै गराएको छ । यदि श्रम ऐनको कार्यान्वय गर्ने सन्र्दभमा जुन ढंगले अगाडि बढीएको छ यो प्रसंग, श्रमिकहरुले थाहा पाए भने कतै पार्लियामेण्टले पास गरेको ऐनको कार्यान्वयन गर्ने सन्र्दभलाई माननिय सदस्यहरुले खिल्ली उडाईरहनुभएको छ भनेर यदि नेपालका श्रमिकहरुले सुने भने मेरो विचारमा नेपालका श्रमिकहरुको मन दुख्ने छ । ”

सांसहरुले लक्षित समुदाय र बजेट खर्चको विषयमा उठाएको प्रश्नको सम्बोधन भन्दा पनि उनले रोजगार संयोजक चयन प्रक्रिया र श्रम ऐन अनुसार श्रमिकले पोशाक र सामाग्री प्रयोग गर्ने काम भएको बारे सविस्तार व्याख्या गरे । रोजगार संयोजकको छनौट गर्दा १५ मिनेटमा नै परीक्षार्थीले नतिजा पाउने व्यवस्थालाई उनले सगौरव प्रस्तुत गरे । उनले सामाजिक व्यक्तित्वहरुले विना पारिश्रमिक योगदान गरेको विषयलाई चर्चा गर्नु न्यायोचित नहुने स्पष्ट पारे ।

सरकारले बेरोजगार व्यक्तिलाई दलिय कार्यकर्ताको दृष्टिकोणमा व्यवहार नगरेको र आफ्नो दायित्व र कर्तव्यलाई इमान्दारीतापुर्वक पुरा गर्ने तर्फ गम्भीर रहेको स्पष्ट पारे ।

स्वदेशमा नै अधिकतम रोजगारीको अवसर श्रृजना गरी बैदेशिक रोजगारीमा जाने बाध्यताको अन्त्य गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेको भन्दै उनले नेपाल भित्रै रोजगारी श्रृजना गरी सफल मुलुक बनाउने तर्फ सरकार गम्भीर रहेको बताए ।

५ हजार भन्दा बढी बैदेशिक रोजगारीमा जाने जिल्लाहरुमा सामि परियोजना मार्फत जागरण शिक्षा उपलब्ध गराउने व्यवस्था मिलाईएको उनको भनाइ छ ।

बैदेशिक रोजगारी बारे मलेसियाका सम्बन्धमा सांसदको प्रश्नमा उनले मलेसिया सरकारले स्वास्थ्य परीक्षण मापदण्ड पठाएको र केही समयमा सबै विषय टुंगोमा पुग्ने बताए उनले भने “केही दिन भित्र नेपालमा स्वास्थ्य परीक्षण गर्ने मापदण्ड पुगेका संस्थाको छनौट प्रक्रिया टुंगो लाग्ने र एक महिना भित्र नेपाल र मलेसिया सरकारको प्राविधिक समुहको बैठक बस्ने गरी समझादारी भएको छ ।

त्यो बैठकले बाँकी रहेका कुराहरुलाई सम्पुर्ण हिसाबले टुंगो लगाउने छ र बीचमा कलिङ भिषा सुचारु भएको छ र बाँकी रहेका अरु प्रसंगहरु पनि सुचारु हुनेछन् । ”

जापानमा बैदेशिक रोजगारीमा जाने नेपालीको सम्बन्धमा जापानले सुरुमा सीप परिक्षण गर्ने गरि लैजाने गरि सम्झौता भई प्रक्रिया अघि बढेको उनले जानकारी गराए ।

बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई ऋण प्रदान गर्ने सन्र्दभमा १९ हजार प्रस्ताव छनौट गरि मन्त्रालयले सिफारिस गरेर पठाएको र केही बैकले प्रक्रिया अघि बढाईसकेको भन्दै उनले सबै युवाहरुले ऋण प्राप्त गरि स्वरोजगारीमा लाग्ने आशा व्यक्त गरे ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १ : ३३ बजे

खेल र खेलाडीको विकासमा प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री सिंह

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुर बोल्टस्का विजयी खेलाडीलाई

चीनले ब्रह्मपुत्रमा विश्वकै ठूलो बाँध बनाउने, भारत र बंगलादेशले उठाए प्रश्न

नयाँदिल्ली- उत्तरी छिमेकी चीनले हालै मात्र भारतको सीमानजिकै विश्वको सबैभन्दा

बागमती बगरमा तरुल उत्पादन गर्दै किसान

बरहथवा– यहाँको बागमती नगरपालिका–५, टेकानीका दलबहादुर लुङ्गेलीलाई हिजोआज तरूल खन्न

साताका आर्थिक खबर : कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, राष्ट्रपतिकहाँ पुग्दै सहकारीसम्बन्धी अध्यादेश

काठमाडौं– यो सातामा नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत

स्वदेशी वस्तुको प्रयोग वृद्धि र रुग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग,