‘गलबन्दी’ लफडा – प्रकाश सपूतविरुद्ध शम्भु राईको उजुरी « Khabarhub

‘गलबन्दी’ लफडा – प्रकाश सपूतविरुद्ध शम्भु राईको उजुरी


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समयको चर्चित गीत ‘गलबन्दी’ का गायक प्रकाश सपूतको गीतसँग आफ्नो गीतको लय मिलेको भन्दै गायक शम्भु राईले उजुरी दर्ता गरेका छन् । लामो समयदेखि यी दुईले आपसी समझदारीमा कुरा मिलाउन खोजे पनि नमिलेपछि अन्ततः राईले मुद्दा दर्ता गराएका हुन् ।

प्रकाश सपूतको गीत ‘गलबन्दी’ सँग आफ्नो पुरानो देउसी भैलोको गीत ‘आऊ नाचौँ साथी हो’ सँग लय मिलेको भन्दै राईले उजुरी दिएका हुन् । राईले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएको बताए । साथै सपूतसँग आफ्नो निरन्तर कुरा भइरहेको पनि उनले जानकारी दिए ।

पछिल्लो समयको चर्चित गीत ‘गलबन्दी’ को लय चोरीको आरोप खेपिरहेका प्रकाश सपूतले भने आफूले यसअघि यो गीत कहिल्यै नसुनेको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  २ : ३३ बजे

वीरगञ्ज नाका हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात

वीरगञ्ज– पर्साको वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४८

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।