‘दाल भात तरकारी’ ले मनायो ५१ दिन: आँचललाई ‘आइफोन’ | Khabarhub Khabarhub

‘दाल भात तरकारी’ ले मनायो ५१ दिन: आँचललाई ‘आइफोन’


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च‌लचित्र ‘दाल भात तरकारी’ ले ५१ औँ दिन मनाएको अवसरमा कार्यक्रमको आयोजना गरिएको छ । राजधानीको गोपीकृष्ण हल, अष्टनारायण हल र गुण सिनेमामा फिल्मले ५१ औँ दिन मनाएपछि निर्माण टिमले कलाकार र प्राविधिकलाई सम्मान गर्न कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै निर्माता किरण केसीले केहीले फिल्मका शुरु भएसँगै नकारात्मक टिप्पणी गरेको स्मरण गर्दै नकारात्मक टिप्पणीका बावजूद ५१ दिन मनाएकोमा खुशी व्यक्त गरे । साथै उनले मह सञ्चारको ब्यानरमा अब छिट्टै अर्को चलचित्र निर्माण गरिने पनि जनाए । कार्यक्रममा भुवन केसी, करिश्मा मानन्धर, रमेश उप्रेती, निर्मल शर्मा, प्रदीप भट्टराई लगायतका कलाकारको उपस्थित थिए ।

यस्तै फिल्मका कलाकार पुष्प खड्का, आँचल शर्मा, बसुन्धरा भुसाल लगायत उपस्थित थिए ।

कार्यक्रममा अभिनेता भुवन केसी र करिश्मा मानन्धरको उपस्थिति आकर्षक रहेको थियो । यस्तै पुष्प खड्का र आँचल शर्मा पनि पत्रकारको क्यामेरामा घेरिएका थिए ।

हास्यकलाकार शिवहरि पौडेलले कार्यक्रमको भिडियो खिचिरहेका थिए ।

कार्यक्रममा हास्यकलाकारहरूको बाक्लो उपस्थिति थियो । यस्तै कार्यक्रममा हास्यकलाकार सन्दीप क्षेत्री, राजाराम पौडेल, सुरवीर पण्डित, शिवहरि पौडेल लगायतका कलाकारको पनि उपस्थिति थियो । नायिका वर्षा राउत आफ्ना पति तथा अभिनेता सञ्जोग कोइरालासँग आएकी थिइन् ।

निर्माण टिमले फिल्मका कलाकार तथा प्राविधिकलाई सम्मान समेत गर्‍यो । फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मालाई निर्माण टिमले आइफोन प्रदान गर्‍यो । आँचलले पहिले नै यदि फिल्मले ५१ दिन मनाएमा आइफोन दिनुपर्ने प्रस्ताव राखेकाले उनलाई आइफोन दिइएको निर्माण टिमले बतायो । यस्तै फिल्मका प्राविधिकलाई पनि बोनस बाँडिएको थियो ।

मह सञ्चारको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । फिल्ममा हरिवंश आचार्य, निरुता सिंह, बसुन्धरा भुसाल, शिशिर वाङ्देल, पुष्प खड्का, आँचल शर्मा लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ४ : १८ बजे

एघार महिनामा ८५ करोड बढी राजस्व संकलन 

भद्रपुर– यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा

पार्टी बलियो बनाऔँ, अहिले सरकारतिर हेर्दै नहेरौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचन जित्ने

‘रास्वपालाई सहकारी ठगीबाट सभापतिलाई कसरी जोगाउने भन्नेमात्रै चिन्ता छ’ 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

केदार कार्कीको रिट खारेज, हिक्मत कार्की मुख्यमन्त्रीमा निरन्तर

काठमाडौं- कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट

जनजातिका माग पूरा गर्न पहल गर्नेछौँ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश बलियो भएमात्र सबै