‘दाल भात तरकारी’ ले मनायो ५१ दिन: आँचललाई ‘आइफोन’ « Khabarhub

‘दाल भात तरकारी’ ले मनायो ५१ दिन: आँचललाई ‘आइफोन’


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च‌लचित्र ‘दाल भात तरकारी’ ले ५१ औँ दिन मनाएको अवसरमा कार्यक्रमको आयोजना गरिएको छ । राजधानीको गोपीकृष्ण हल, अष्टनारायण हल र गुण सिनेमामा फिल्मले ५१ औँ दिन मनाएपछि निर्माण टिमले कलाकार र प्राविधिकलाई सम्मान गर्न कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै निर्माता किरण केसीले केहीले फिल्मका शुरु भएसँगै नकारात्मक टिप्पणी गरेको स्मरण गर्दै नकारात्मक टिप्पणीका बावजूद ५१ दिन मनाएकोमा खुशी व्यक्त गरे । साथै उनले मह सञ्चारको ब्यानरमा अब छिट्टै अर्को चलचित्र निर्माण गरिने पनि जनाए । कार्यक्रममा भुवन केसी, करिश्मा मानन्धर, रमेश उप्रेती, निर्मल शर्मा, प्रदीप भट्टराई लगायतका कलाकारको उपस्थित थिए ।

यस्तै फिल्मका कलाकार पुष्प खड्का, आँचल शर्मा, बसुन्धरा भुसाल लगायत उपस्थित थिए ।

कार्यक्रममा अभिनेता भुवन केसी र करिश्मा मानन्धरको उपस्थिति आकर्षक रहेको थियो । यस्तै पुष्प खड्का र आँचल शर्मा पनि पत्रकारको क्यामेरामा घेरिएका थिए ।

हास्यकलाकार शिवहरि पौडेलले कार्यक्रमको भिडियो खिचिरहेका थिए ।

कार्यक्रममा हास्यकलाकारहरूको बाक्लो उपस्थिति थियो । यस्तै कार्यक्रममा हास्यकलाकार सन्दीप क्षेत्री, राजाराम पौडेल, सुरवीर पण्डित, शिवहरि पौडेल लगायतका कलाकारको पनि उपस्थिति थियो । नायिका वर्षा राउत आफ्ना पति तथा अभिनेता सञ्जोग कोइरालासँग आएकी थिइन् ।

निर्माण टिमले फिल्मका कलाकार तथा प्राविधिकलाई सम्मान समेत गर्‍यो । फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मालाई निर्माण टिमले आइफोन प्रदान गर्‍यो । आँचलले पहिले नै यदि फिल्मले ५१ दिन मनाएमा आइफोन दिनुपर्ने प्रस्ताव राखेकाले उनलाई आइफोन दिइएको निर्माण टिमले बतायो । यस्तै फिल्मका प्राविधिकलाई पनि बोनस बाँडिएको थियो ।

मह सञ्चारको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । फिल्ममा हरिवंश आचार्य, निरुता सिंह, बसुन्धरा भुसाल, शिशिर वाङ्देल, पुष्प खड्का, आँचल शर्मा लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ४ : १८ बजे

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण