‘दाल भात तरकारी’ ले मनायो ५१ दिन: आँचललाई ‘आइफोन’ « Khabarhub

‘दाल भात तरकारी’ ले मनायो ५१ दिन: आँचललाई ‘आइफोन’


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च‌लचित्र ‘दाल भात तरकारी’ ले ५१ औँ दिन मनाएको अवसरमा कार्यक्रमको आयोजना गरिएको छ । राजधानीको गोपीकृष्ण हल, अष्टनारायण हल र गुण सिनेमामा फिल्मले ५१ औँ दिन मनाएपछि निर्माण टिमले कलाकार र प्राविधिकलाई सम्मान गर्न कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै निर्माता किरण केसीले केहीले फिल्मका शुरु भएसँगै नकारात्मक टिप्पणी गरेको स्मरण गर्दै नकारात्मक टिप्पणीका बावजूद ५१ दिन मनाएकोमा खुशी व्यक्त गरे । साथै उनले मह सञ्चारको ब्यानरमा अब छिट्टै अर्को चलचित्र निर्माण गरिने पनि जनाए । कार्यक्रममा भुवन केसी, करिश्मा मानन्धर, रमेश उप्रेती, निर्मल शर्मा, प्रदीप भट्टराई लगायतका कलाकारको उपस्थित थिए ।

यस्तै फिल्मका कलाकार पुष्प खड्का, आँचल शर्मा, बसुन्धरा भुसाल लगायत उपस्थित थिए ।

कार्यक्रममा अभिनेता भुवन केसी र करिश्मा मानन्धरको उपस्थिति आकर्षक रहेको थियो । यस्तै पुष्प खड्का र आँचल शर्मा पनि पत्रकारको क्यामेरामा घेरिएका थिए ।

हास्यकलाकार शिवहरि पौडेलले कार्यक्रमको भिडियो खिचिरहेका थिए ।

कार्यक्रममा हास्यकलाकारहरूको बाक्लो उपस्थिति थियो । यस्तै कार्यक्रममा हास्यकलाकार सन्दीप क्षेत्री, राजाराम पौडेल, सुरवीर पण्डित, शिवहरि पौडेल लगायतका कलाकारको पनि उपस्थिति थियो । नायिका वर्षा राउत आफ्ना पति तथा अभिनेता सञ्जोग कोइरालासँग आएकी थिइन् ।

निर्माण टिमले फिल्मका कलाकार तथा प्राविधिकलाई सम्मान समेत गर्‍यो । फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मालाई निर्माण टिमले आइफोन प्रदान गर्‍यो । आँचलले पहिले नै यदि फिल्मले ५१ दिन मनाएमा आइफोन दिनुपर्ने प्रस्ताव राखेकाले उनलाई आइफोन दिइएको निर्माण टिमले बतायो । यस्तै फिल्मका प्राविधिकलाई पनि बोनस बाँडिएको थियो ।

मह सञ्चारको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । फिल्ममा हरिवंश आचार्य, निरुता सिंह, बसुन्धरा भुसाल, शिशिर वाङ्देल, पुष्प खड्का, आँचल शर्मा लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ४ : १८ बजे

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो