गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर) « Khabarhub

गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ लाई खारेज गर्नुपर्ने भन्दै सोमबार पनि काठमाडौंमा खबरदारी जुलुससहितको सभा गरिएको छ ।

बसन्तपुरबाट निकालिएको जुलुसले न्युरोड, रत्नपार्क, भोटाहिटी, भद्रकाली, शहीद गेट, सुन्धारा, खिचापोखरी हुँदै पुनः बसन्तपुर पुगेर समापन भएको थियो । जुलुसमा सहभागीहरुले गुठी बिधेयकको खारेजीसँगै भूमिसुधार मन्त्री, सञ्चार मन्त्री र गृहमन्त्रीको राजीनामा समेत माग गरे ।

सरकारले गुठी विधेयक फिर्ता लिने घोषणा गरेपनि सरोकारवालाले भने खारेज नै हुनु पर्ने माग अघि सारेका छन् । गुठी विधेयक खारेज नभए संस्कृति मासिने र नेपालको अस्तित्व नै मेटिने अभियान्ता तेज रत्न ताम्राकारले बताए ।

‘सरकारले विधेयक ल्याएर गर्न नहुने काम गर्‍यो’ उनले भने, ‘अब छुट्टै समिति गठन गरी, कसरी यो विषयलाई सम्बोधन गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन आवश्यक छ ।’

सभ्यता मास्दै नेवा भूमिलाई अतिक्रमण गरी नेवार समुदायलाई विस्थापित गर्ने नियतका साथ सरकारले गूठी विधेयक ल्याएको राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका सदस्य उमेश श्रेष्ठले बताए ।

समितिले गुठी विधेयक खारेज नभएसम्म चरणबद्ध रुपमा खबरदारी कार्यक्रम जारी राख्ने जनाएको छ । सरकारले राष्ट्रिय सभामा पेस भएको गुठी विधेयक फिर्ताको प्रक्रिया अगाडि बढेको बताए पनि सरोकारवालाले भने खबरदारी अभियान जारी राखेका छन् ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ६ : २१ बजे

न्यायप्रणाली लयमा फर्किएको छ : प्रधानन्यायाधीश राउत

नेपालगञ्ज – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएका

ऊर्जा खर्च कम गर्न ट्रम्पले गरे सामुद्रिक पारवाहन कानुन अस्थायी रूपमा खारेज

वासिङ्टन । इरानमाथि अमेरिका–इजरायल आक्रमणका कारण मध्यपूर्व युद्धमा फसेपछि बढेको

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको