रियल मड्रिडप्रति आक्रोशित बने ह्यामेस रोड्रिग्वेज | Khabarhub Khabarhub

रियल मड्रिडप्रति आक्रोशित बने ह्यामेस रोड्रिग्वेज


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सरुवा बजार खुल्ला भइरहँदा कोलम्बियाका स्टार खेलाडी ह्यामेस रोड्रिग्वेजले रियल मड्रिडमा रहने कुरा आफ्नो हातमा नरहेको बताएका छन् ।

उनले रियल मड्रिड जाने वा नजाने भन्ने कुरा मलाई भन्दा पनि रियलमा रहेका व्यक्तिहरुको हात धेरै रहेको बताएका छन् । ब्राजिलमा जारी कोपा अमेरिकामा व्यस्त रहेका रोड्रिग्वेजले अहिले आफू कोपामा व्यस्त रहेको बताएका छन् ।

‘अहिले म कोपा अमेरिकाबारे सोचिरहेको छु । थाहा छैन, म कहाँ जाँदैछु,’ सोमबार बिहान कोपामा पाराग्वेलाई १–० पराजित गरेपछि रोड्रिग्युजले भने,‘त्यो निर्णय क्लबको हातमा छ ।’

रोड्रिग्वेजले भने,‘मलाई लाग्छ त्यहाँ (रियल) भित्र केही व्यक्तिहरु छन् । जो ठूलो निर्णय गर्न सक्छन् । तर, म केही पनि गर्न सक्दैन् ।’ रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानलाई लक्षित गर्दै भनिएको हो ? भन्ने प्रश्नमा उनले प्रशिक्षकलाई नभनेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ६ : ४७ बजे

भेडाको ऊन प्रयोग हुन छाडेपछि मौलिक सामग्री लोप हुँदै

म्याग्दी– दुई दशकअघिसम्म म्याग्दीको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला

हिमाली क्षेत्रको बहुपति प्रथालाई कानून लाग्दैन ?

प्रसङ्ग गएको शनिबारको हो। दिनभर घरमै बच्चासँग बित्यो। मौसम अनुकूल

तेन्दुलकरले गरे भारतीय खेलाडीको खुलेर प्रशंसा

काठमाडौं – भारतीय क्रिकेट लिजेन्ड सचिन तेन्दुलकरले इंग्ल्यान्डसँगको पाँचौँ टेस्टमा

एमाले महासचिव पोखरेलले किन उठाए मुख्य दलमा नेतृत्वको प्रसङ्ग ?

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा बहुदलीय व्यवस्था स्थापना

फलामले लागेर क्रेन अपरेटरको मृत्यु

बारा– बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए