रियल मड्रिडप्रति आक्रोशित बने ह्यामेस रोड्रिग्वेज « Khabarhub

रियल मड्रिडप्रति आक्रोशित बने ह्यामेस रोड्रिग्वेज


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सरुवा बजार खुल्ला भइरहँदा कोलम्बियाका स्टार खेलाडी ह्यामेस रोड्रिग्वेजले रियल मड्रिडमा रहने कुरा आफ्नो हातमा नरहेको बताएका छन् ।

उनले रियल मड्रिड जाने वा नजाने भन्ने कुरा मलाई भन्दा पनि रियलमा रहेका व्यक्तिहरुको हात धेरै रहेको बताएका छन् । ब्राजिलमा जारी कोपा अमेरिकामा व्यस्त रहेका रोड्रिग्वेजले अहिले आफू कोपामा व्यस्त रहेको बताएका छन् ।

‘अहिले म कोपा अमेरिकाबारे सोचिरहेको छु । थाहा छैन, म कहाँ जाँदैछु,’ सोमबार बिहान कोपामा पाराग्वेलाई १–० पराजित गरेपछि रोड्रिग्युजले भने,‘त्यो निर्णय क्लबको हातमा छ ।’

रोड्रिग्वेजले भने,‘मलाई लाग्छ त्यहाँ (रियल) भित्र केही व्यक्तिहरु छन् । जो ठूलो निर्णय गर्न सक्छन् । तर, म केही पनि गर्न सक्दैन् ।’ रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानलाई लक्षित गर्दै भनिएको हो ? भन्ने प्रश्नमा उनले प्रशिक्षकलाई नभनेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ६ : ४७ बजे

न्यायप्रणाली लयमा फर्किएको छ : प्रधानन्यायाधीश राउत

नेपालगञ्ज – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएका

ऊर्जा खर्च कम गर्न ट्रम्पले गरे सामुद्रिक पारवाहन कानुन अस्थायी रूपमा खारेज

वासिङ्टन । इरानमाथि अमेरिका–इजरायल आक्रमणका कारण मध्यपूर्व युद्धमा फसेपछि बढेको

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको