स्वाभिमानी कांग्रेसको खडेरी भन्दै नेता सिटौलाद्वारा नेतृत्वप्रति असन्तुष्टि « Khabarhub

स्वाभिमानी कांग्रेसको खडेरी भन्दै नेता सिटौलाद्वारा नेतृत्वप्रति असन्तुष्टि


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्वाभिमानी कांग्रेस खाज्ने बेला आएको भन्दै नेतृत्वप्रति तीब्र असन्तष्टि जाहेर गरेका छन् ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेता सिटौलाले कांग्रेसभित्र वेथिति, सैद्धान्तिक विचलन आएको भन्दै कार्यकर्ता भित्र कांग्रेसी स्वाभिमान खोज्नुपर्ने बेला आएको बताएका हुन् ।

बीपीको सिद्धान्त सम्झेर मात्रै नहुने भन्दै उनले व्यवहारमा देखाउन नेतृत्वको ध्यानाकर्षण गराए । नेतृत्वको इच्छाशक्ति भए कांग्रेस एकता सम्भव रहेको उल्लेख गर्दै मुखले भन्दैमा मात्रै एकता नहुने उनले बताए ।

उनले भने, “एक हौ भनेर एक होइँदैन । हात उठाएर एक भइँदैन । एउटै थालमा भात खाएर एक होइँदैन । विचारमा एकता, नीतिमा एकता, संगठनमा एकता, मुल्य मान्यतामा एकता, संस्कारमा एकता, मुल्यांकनमा एकता हुनुपर्छ । विचार पद्धतिमा नहिडी मनपरी गरेर अनि मिलेर खाउँ है भनेर एकता हुँदैन ।”

सरकारले आफूलाई कम्युनिष्ट पार्टी र कम्युनिष्ट कार्यकर्ताको सेवक ठान्ने र विप्लब समुहमाथिको मुर्खतापूर्ण कारबाहीका कारण मुलुकको राजनीतिक परिवेश दुर्घटना उन्मुख भएको टिप्पणी गरे ।

यस्तो अवस्थामा मुलुक र मुलुकबासीको रक्षाका लागि सशक्त प्रतिपक्षीको रुपमा कांंग्रेसले सरकारलाई दबाब दिन सक्नुपर्ने बताए । उनले मुलुकलाई सम्भावित खतराबाट बचाउन कांग्रेस चनाखो भएर उभिनुपर्ने आवश्यकता औल्याए ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ८ : ४६ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन