आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूची राखिन्छ : शर्मा « Khabarhub

आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूची राखिन्छ : शर्मा


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगका सिफारिस कार्यान्वयन नगर्ने अधिकारीको नाम कालोसूचीमा सार्वजनिक हुने बताएका छन् ।

आयोगले सोमबार आयोजना गरेको मानवअधिकारको समसामयिक विषयमा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उनले आयोगका सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम कालोसूचीमा सार्वजनिक गर्ने बताएका हुन् ।

अध्यक्ष शर्माले भने, ‘आयोगले गरेका सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम कालोसूचीमा राखिन्छ, कालोसूचीमा नाम पीडकको त हुने नै भयो, पीडकलाई कारवाही नगर्ने निकायको नाम पनि कालोसूचीमा सार्वजनिक गरिन्छ ।’

अध्यक्ष शर्माले आयोगको संशोधनसम्बन्धी विधेयक संसदमा दर्ता भएको र महान्यायाधिवक्ता कहा जाने र महान्ययाधिवक्ताले मुद्दा चलाउने र नचलाउने निर्णय गर्ने भनिएको उल्लेख गर्दै प्रश्न गरे, ‘व्याख्या भइसकेको विषयमा फेरि किन यस्तो ऐन ल्याइएको हो ?’

कार्यक्रममा वरिष्ठ पत्रकारहरु हरिहर विरही, तारानाथ दाहाल, नेपाल टेलिभिजनका अध्यक्ष डा. महेन्द्र विष्ट, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेललगायतले सरकारले ल्याएका पछिल्ला केही विधेयकका विषयमा संवाद र वार्ताका माध्यमबाट समाधान खोज्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ९ : ३९ बजे

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१