चाणक्य नीतिः यस्ता व्यवहार देखाउने साथी नबनाउनु नै उत्तम « Khabarhub

चाणक्य नीतिः यस्ता व्यवहार देखाउने साथी नबनाउनु नै उत्तम


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शास्त्रहरुमा जीवन पद्धतिका विषयमा सवै कुरा उल्लेख गरिएको हुन्छ । जसलाई हामीले अनुशरण मात्र गर्‍यौं भने पनि हाम्रो दैनिक जीवन सरल र सहज बन्छ ।

चाणक्य नीतिका अनुसार हामीले साथी र संगत कस्तो बनाउने भन्ने कुरा पनि प्रष्ट रुपमा लेखिएको छ । सबैको जीवनमा साथीहरुको विशेष महत्त्व हुन्छ ।  हामीले को हाम्रो साथी हुने, को हाम्रो साथी नहुने भन्ने तय आफैले गरेका हुन्छौँ ।

चाणक्यले एउटा नीति यही विषयमा बनाएका छन् । यदी हामीले यो नीतिलाई ध्यान दिने हो भने पक्कै धेरै समस्याहरु समाधान गर्न सक्छौं । चाणक्य नीतिको दोस्रो अध्यायको पहिलो श्लोकमा लेखिएको छः

परोक्षे कार्यहन्तारं प्रत्यक्ष प्रियवादिनम्।
वर्जयेत्तादृशं मित्रं विषकुंभम् पयोमुखम्।।

यसको अर्थ हो, जो साथी हाम्रो अगाडि मीठो कुरा गर्छन् र हाम्रो पछाडि हाम्रैबारे गलत प्रचार गरिरहेका हुन्छन्, त्यस्ता साथीहरुलाई तत्काल छोड्नुपर्छ ।

यस्ता व्यक्तिहरुले हाम्रो अगाडि राम्रो कुरा वा प्रशंसा गरिरहेका हुन्छन् भने पछाडि अरु व्यक्तिहरुसँग हाम्रोबारे नै नराम्रो भनिरहेका हुन्छन् । यस्ता साथीहरुमा विष भरिएको हुने र त्यसले लामो समयसम्म नोक्सान पुग्ने चाणक्य शास्त्रमा उल्लेख छ ।

चाणक्य नीतिको दोस्रो अध्यायको छैटौँ श्लोकमा लेखिएको छः

न विश्वसेत् कुमित्रे च मित्रे चाऽपि न विश्वसेत्।
कदाचित् कुपितं मित्रं सर्वं गुह्यं प्रकाशयेत्।।

यसको अर्थ हो, हामीले कुमित्रप्रति कहिल्यै भरोसा गर्नु पनि हुँदैन । यतिमात्र होइन, कोही असल मित्र छ भने पनि उसमाथि हामीले पूर्ण रुपमा भरोसा मान्नुहुँदैन ।

भविष्यमा यस्ता साथीहरुसँग झगडा परेको खण्डमा आफ्नो सबै राज खोलिदिने भएकाले सचेत हुनु पर्ने चाणक्य नीतिमा लेखिएको छ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ६ : ३१ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी