अन्तिम संस्कारका लागि आर्यघाट पुर्‍याइएकी महिला बोल्न थालेपछि… « Khabarhub

अन्तिम संस्कारका लागि आर्यघाट पुर्‍याइएकी महिला बोल्न थालेपछि…


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पाल्पा– समाजमा बेलाबखत अनौठा र अपत्यारिला घटना सार्वजनिक भएको छ । एक महिलाको मृत्यु भएको ठानेर स्थानीयले अन्तिम संस्कारका लागि घाटमा लगेका थिए।

हिन्दु परम्परा अनुसार घाटमा अन्तिम संस्कार गर्नु अघि नदिमा डुवाउने र नुहाइदिने धार्मीक प्रचलन छ । सोही क्रममा ति महिला बोल्न कराउन थालेपछि उनको पुनः उपचार थालिएको छ ।

झाडापखालाको विरामी भएर अस्पताल भर्ना गरिएकी ति महिलामा मुटुको पनि समस्या देखिएको थियो । पाल्पा रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीलाई १० दिन सम्म उपचार गर्दा निको नभएपछि आफन्तले नै अस्पतालबाट घर लगेका थिए ।

तानसेनकै युनाइटेड मिशन अस्पतालवाट १० दिनसम्म उपचार पछि आफन्तकै आग्रहमा अस्पतालले सोमबार दिउँसो अक्सिजन लगाएर बिरामीलाई डिस्चार्ज गरेको थियो । अक्सिजन निकालेको आधा घण्टापछि बिरामीको ज्यान गएको ठानेर आफन्तले नर्मतालाई सिधै रिँडी घाट पुर्‍याएका थिए ।

आधा शरीर पानीमा डुबाएको केही समयपछि उनी चल्न र कराउन थालेपछि तत्कालै गुल्मीको रिँडी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । स्वास्थ्यकर्मीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लान सुझाव दिए ।

त्यसपछि सोमबार बेलुकी लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरी नर्मताको उपचार भैरहेको छ । झाडापखालाकी बिरामी ज्ञवालीलाई मुटुको समस्या देखिएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : १४ बजे

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।