वैदेशिक रोजगारीमा युएई गएकामध्ये १ वर्षमा ९८ नेपालीको मृत्यु | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा युएई गएकामध्ये १ वर्षमा ९८ नेपालीको मृत्यु


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष २०७५/०७६ मा वैदेशिक रोजगारीका लागि संयुक्त अरब ईमिरेट्स (यूएई) गएका ९८ जना नेपालीको ज्यान गएको युएईस्थीत नेपाली दूतावासले जानकारी दिएको छ ।

रोजगारीका लागि युएई गएकामध्ये गत आर्थिक वर्षमा ९३ जना पुरुष र ५ जना महिलाले  ज्यान गुमाएको दूतावासले जनाएको छ । दूतावासका अनुसार धेरैको प्राकृतिक मृत्यु भएको छ ।

प्राकृतिक कारणले ४८ जना पुरुषको मृत्यु भएको दूतावासको तंथ्याकमा छ । प्राकृतिकपछि हृदयघात, मष्तिस्क पक्षघात तथा अन्य कारणले मृत्यु भएको दूतावासले जनाएको छ । गत आर्थिक वर्षमा २१ पुरुष र २ जना महिलाले आत्महत्या गरेको दूतावासको तथ्याङ्कमा उल्लेख छ ।

सवारी र सडक दुर्घटनामा परेर २ जना महिला र २१ पुरुषको मृत्यु भएको दूतावासले जनाएको छ । गत आर्थिक वर्षमा  १ जना महिलासहित ३ जना पुरुषको हत्या भएको दूतावासले जनाएको छ । उनीहरुको हत्यामा नेपालीकै संलग्नता रहेको भएको प्रारम्भिक अनुसन्धानले खुलेको दूतावासले जानएको छ ।

दूतावासले मुत्यु हुने नेपालीको शव नेपाल फर्काउन र अन्य प्रत्रियाका लागि सहयोग गरेको जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ११ : ४४ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले