बाढी, पहिरो तथा डुवान पीडितका लागि निजामति कर्मचारीबाट १० लाख सहयोग « Khabarhub

बाढी, पहिरो तथा डुवान पीडितका लागि निजामति कर्मचारीबाट १० लाख सहयोग


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षा, बाढी तथा पहिरोपीडित सर्वसाधारणको उद्दार तथा राहतका लागि निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले १० लाख रुपैयाँ सहायत उपलब्ध गराएको छ ।

युनियनका पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० लाख रुपैयाँ चेक हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमार्फत बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाखको चेक हस्तान्तरण निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष अध्यक्ष पुण्यप्रसाद ढकालले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा युनियन र युनियनमा आवद्ध राष्ट्रिय स्तरका कर्मचारी संघ, संगठनहरुको पहलमा संकलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पीडितलाई राहत दिन हस्तान्तरण गरिएको हो ।

युनियनले विगतमा पनि भूकम्पलगायतका पीडितलाई राहत उपलब्ध गराउँदै आएको अध्यक्ष ढकालले स्मरण गराए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १२ : ५१ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले