मलेसियाविरुद्ध किर्तीमानी अर्धशतक बनाएपछि उपकप्तान मल्लको तारिफ « Khabarhub

मलेसियाविरुद्ध किर्तीमानी अर्धशतक बनाएपछि उपकप्तान मल्लको तारिफ


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टि–२० विश्वकप छनोट एसिया फाइनलमा उपकप्तान ज्ञानेन्द्र मल्लले किर्तीमानी अर्धशतक बनाए ।

उनको अर्धसतकको सहयोगमा नेपालले मलेसियामाथि सानदार जीत दर्ता गर्‍यो । यससँगै नेपाली क्रिकेट समर्थकले उपकप्तान मल्लको खुलेर प्रशंसा गरेका छन् ।

मलेसियाविरुद्ध जीत्नै पर्ने खेलमा मल्लले २० बलमा ५१ रन प्रहार गरेका थिए । यससँगै उनी नेपालबाट २० बलमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन् ।

यस अघि यो किर्तीमानी विस्फोटक ब्याट्सम्यान विनोद भण्डारीको नाममा रहेको थियो । उनले मलेसियाविरुद्धकै जुलाई १३ को खेलमा २५ बलमा ५१ रन जोडेका थिए ।

विश्वकप छनोटको मंगलबार भएको पहिलो खेलमा हार व्यहोरेको नेपालका लागि मेसियाविरुद्ध जित्नै पर्ने दबाब थियो । तर, खेल अघि बर्षा भएपछि खेल ९ ओभरमा झारिएको थियो ।

उक्त खेलमा टस जितेको नेपालले मलेसियालाई ब्याटिङका लागि बोलाउँदा मलेसियाले ९ ओभरमा ८३ रन बनाएको थियो । ८४ रनको लक्ष्य लिएर मैदान उत्रिएको नेपालका लागि ओपनर मल्ल र प्रदीप ऐरीको जोडिले उत्कृष्ट ब्याटिङ गर्दै पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे ।

जसमा मल्लले २० बलमा अर्धशतक बनाए । मल्लले अर्धशतक बनाएसँगै नेपाली क्रिकेट समर्थकहरुले उनलाई बधाई दिइरहेका छन् । फर्ममा नरहँदा बढी आलोचना खेप्नेमा क्रिकेट टोलीका अन्य खेलाडी भन्दा मल्ल शीर्ष स्थानमा आउँछन् । तर, बुधबारको अर्धशतकसँगै मल्लले सही समयमा सही तरिकाले ब्याटिङ गरेको भन्दै उनको तारिफ भएको छ ।

पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान विनोद दासले उपकप्तान मल्लको तारिफ गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,‘उत्कृष्ट इनिङ्सका लागि बधाई छ, ज्ञानेन्द्र ।’

गायक तथा नेपाली क्रिकेटका समर्थक प्रमोद खरेलले पनि नेपाली टोलीलाई बधाई दिँदै उपकप्तानले बनाएको किर्तीमानको तारिफ गरेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १ : ५८ बजे

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो