१००० दरका नक्कली नेपाली नोटसहित १ जना पक्राउ « Khabarhub

१००० दरका नक्कली नेपाली नोटसहित १ जना पक्राउ


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– १ हजार दरका ४ थान नक्कली नेपाली नोटसहित बाराबाट एक व्यक्ति पक्राउ परेका छन् ।

बाराको आदर्शकोतवाल गाउँपालिका–५ रुपौलियाबाट १ हजार दरका ४ थाना नक्कली नोटसहित ३७ वर्षीय पुरुष पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–८ घर भएका ३७ वर्षीय पर्शुराम न्यौपाने छन् ।

न्यौपानेले रुपौलियास्थित मोहन सहानीद्वारा सञ्चालित मदिरा पसलमा बियर खरिद गर्न १ हजार रुपैयाँको नोट दिएका थिए ।

पसल सञ्चालकले उक्त नोट नक्कली भएको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि न्यौपाने पक्राउ परेका हुन् ।

पसल सञ्चालक सहनीले खबर गरेपछि खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट १००० दरका थप ३ थान नोट फेला परेका हुन् ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  २ : ११ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले