जोरपाटी-सुन्दरीजल सडक अब गोकर्णेश्वर नगरपालिका आफैँले बनाउने « Khabarhub

जोरपाटी-सुन्दरीजल सडक अब गोकर्णेश्वर नगरपालिका आफैँले बनाउने


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जोरपाटी—सुन्दरीजल सडकखण्ड गोकर्णेश्वर नगरपालिकाले विस्तार गर्ने भएको छ । सडक विभागले लामो समयसम्म सडक विस्तारमा ढिलाई गरेकाले अब नगर आफैँले विस्तार गर्ने योजना बनाएको हो ।

नगरपालिकाले आर्थिक वर्ष ०७३/०७४ मा सोही सडकका लागि ८४ करोड बजेट छुट्याएको थियो । तत्कालीन समयमा काम ठेक्कामा गएपनि हालसम्मको भौतिक विवरण शून्य रहेको र नगरबासीले कष्टकर यात्रा गर्न बाध्य भइरहेको नगरले जनाएको छ ।

सो क्षेत्रमा सडकमुनी बिछ्याइएको ढलको पाइप गुणस्तरहीन रहेको र बर्खा लाग्नासाथ ढल फुटेर पानी सडकभरि हुने गरेको सडक विभागको भनाइ छ । तर, सडक विभागको यो तर्कलाई नगरपालिकाका मेयर सन्तोष चालिसे भने स्वीकार गर्दैनन् । ‘आयोजनाले डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) बनाउँदा नै सम्पूर्ण काम सक्ने भनिएको थियो ।’ उनले भने, ‘अहिले आएर ढलको पाइपका कारण काम अघि बढ्न सकेन भनेर हुन्छ ? सबै संरचना परिवर्तन गर्नकै लागि त ठेक्का दिएको हो ।’

खबरहबसँग उनले भने, ‘ढलको कारण काम अघि बढेन भन्नु सडक विभाग पन्छिन खोज्नु हो ।’

सडक विस्तारमा ढिलासुस्ती हुँदा यो क्षेत्रका स्थानीयले ४ वर्षदेखि बर्खाको समयमा हिलो र हिउँदोमा धुलोका कारण सास्ती खेपिरहेका छन् ।यस्तै, ढल फुटेर दुर्गन्धित पानी सडकभरि जम्मा हुँदा नाक र मुख थुन्दै यात्रा गर्नु परेको सर्वसाधरणको गुनासो छ ।

सडक विस्तार कार्य अलपत्र पर्दा सडकमा जताततै खाल्डाखुल्डी रहेको छ । भरिएको सडकमा गाब्रेल बिछ्याएर झारो टार्ने काम भएपनि निरन्तर परेको पानीले ग्राबेल बगाउने र सडक पुनः खाडलमा परिणत हुने गरेको छ ।

यसको सबै दोष केन्द्र सरकारलाई जाने मेयर चालिसेको भनाइ छ । ‘केन्द्रले बजेट हालेको ठाउँमा नगरपालिकाले गर्न नपाउने नियम रहेकोछ’ उनले भने ‘त्यसैले यसअघि हामीले कुनै योजना नबनाएको हौँ ।’

केन्द्रले बजेट हालेकाले नगर अघि नबढेको बताउँदै उनले भने ‘४ वर्षसम्म सडक नबनाइएपछि अब हामी टुलुटुलु हेरेर मात्र बस्दैनौँ ।’

लामो समयसम्म सडक विभागले काममा लापरबाही गरेकोले अब नगर आफैँले सडक विस्तार गर्ने योजना बनाएको चालिसेले जानकारी दिए ।

सडक विस्तार गर्ने भए असार मसान्तसम्ममा काम सुरु गर्नु नत्र साउन लागेपछि नगर आफैँ बनाउने भनेर विभागलाई भनिसकेको चालिसेले बताए । ‘नगरभित्रको सडकका लागि १० करोड बजेट छुट्याएको छु’ उनले भने ‘आफ्नो नगर अब आफैँ बनाउँछु ।’

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  २ : २० बजे

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने