डुवानका बारेमा भारतसँग कुटनीतिक रुपमा कुरा गरौं, एकअर्कालाई दोष लगाएर हुँदैन– देउवा « Khabarhub

डुवानका बारेमा भारतसँग कुटनीतिक रुपमा कुरा गरौं, एकअर्कालाई दोष लगाएर हुँदैन– देउवा


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी, डुवान र पहिरो पीडितका लागि सरकारले केही नगरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको प्रस्तावमाथि भाग लिँदै सभापति देउवाले पीडितको उद्धार र राहतका लागि सरकारले केही नगरेको आरोप लगाए । जनतालाई दुख परेको बेलामा सरकारले तत्काल पुगेर काम गर्नु पर्नेमा त्यसो हुन नसकेको र सरकार गम्भीर नदेखिएको बताए ।

‘सरकारले केही गरेको देखिएन’ सभापति देउवाले भने,‘ हेलिकोप्टरबाट कहाँ उद्धार हुन्छ । सरकार तात्नुपर्ने हो केही गरेको छैन, सरकार भनेको दुख परेको बेलामा तत्काल पुगेर गर्नु पर्ने होइन तर केही भएको छैन । ’

सरकारको कर्तव्य र दायित्व भएपनि राज्य उदासिन भएको उनको भनाइ थियो । ‘राज्यले नगरे कसले गर्ने । एउटा पार्टीले के गर्ने ?’ देउवाको प्रश्न थियो ।

डुवान क्षेत्रको भ्रमणमा गएका बेला आफूलाई तराईका जनताले भारतका कारण आफूहरु डुवानमा परेको बताएको भन्दै देउवाले संसदमा समस्या समाधानका लागि सरकारले भारतसँग कुरा गर्नुपर्ने बताए ।

‘भारत सरकारसँग कुरा गर्नुपर्ने भएको छ । भारतले नेपाललाई र नेपालले भारतलाई दोष दिने गरेर कतिदिन चल्छ’ देउवाले प्रश्न गर्दै भने,‘ कुटनीतिक तवरमा कुराकानी गर्नपर्ने भएको छ । स्थानीयले भारतले डुवानमा पारो भन्छन् त्यसैले भारतले नेपाललाई र नेपालले भारतलाई दोष दिने जुन काम भएको छ त्यसलाई समाधान गर्न कुटनीतिक पहल गर्नुपर्छ, एकले अर्कालाई दोष दिएर हुँदैन ।’

डुवानको स्थायी समाधान सरकारले खोज्नु पर्ने उनको भनाइ थियो ।

कोशी व्यारेज बनेको बेलादेखि खोला किनारामा बस्दै आएका र व्यापार व्यवसाय गर्दै आएकालाई भारतले हटाउन खोजेको भन्दै देउवाले जनताको रक्षा गर्ने तर्फ सरकार गम्भीर हुनुपर्ने बताए ।

‘कोशि व्यारेज बनेका बेलादेखि नै झुप्रा बनाएर बसेकाहरुलाई भारतले अहिले हट भनेछ त्यसबारेमा पनि भारतसँग कुरा गर्न आवश्यक छ’ देउवाले भने,‘ बाँध निर्माण गर्दा देखिनै बसेकाहरु कहाँ जाउँन् । त्यसबारेमा कुटनीतिक रुपमा कुरा गर्नुपर्छ ।’

उनले चुरेको दोहनले बाढी आएको भन्दै त्यसको समाधानका लागि सरकारले अध्ययन गर्नुपर्ने बताएका छन् ।

‘सरकारलाई कुनै मतलव छैन । हेलिकोप्टरमा र हवाइजहाजमा गएर जनताको दुः ख ठिक हुन्छ ?’ देउवाले भने,‘सर्वदलीय टोली पठाएर हुन्छ कि के गरेर हुन्छ । यसमा राजनीति गर्नु छैन सबै एक भएर लागौं ।’

कांग्रेस सभापति देउवाले बाढी पहिरो लगायतका विषयमा आफू गम्भीर रहेको भन्दै सरकारले यसबारेमा केही नगरे आफूहरुले थप कदम उठाउने चेतावनी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ३ : ४४ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट