छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी, खोजी कार्य शुरु « Khabarhub

छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी, खोजी कार्य शुरु


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालत, काठमाडौंले बहुविवाहसम्बन्धी कसुरका आधारमा थप अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

निर्माता छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको जाहेरीका आधारमा महिला सेल, कालीमाटीले अनुसन्धान शुरु गरेको थियो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी गरेको पुष्टि गरे । उनका अनुसार छवि र शिल्पाको खोजी कार्य शुरु भएको छ ।

नायिका शिल्पा पाेखरेल र छविराज ओझाले वि‍‍.सं. २०७३ साल असार २९ गते बिहे गरेका थिए । तर यी दुईले विवाह दर्ता भने ६ महिनाअघि मात्र गरेका थिए । केही हप्ताअघि शिल्पाले आफू घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यतिबेला दुवैले मिलापत्र गरेर अब मिल्ने भने पनि पछि शिल्पाले पारपाचुके मागेकी थिइन् ।

प्रक्रिया चलिरहँदा यता हेमाले छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी हालेकी थिइन् ।

यो पनि पढ्नुहोस्:

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ४ : ०० बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको