चीनको नयाँ रक्षा नीति सार्वजनिक | Khabarhub Khabarhub

चीनको नयाँ रक्षा नीति सार्वजनिक


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना बुधबार सार्वजनिक गरेको छ ।

उक्त राष्ट्रिय सुरक्षा योजनामा परिवर्तित विश्वमा युद्धको शैलीमा नै परिवर्तन आएको र बौद्धिक युद्धकलामा प्रवेश गरेको उल्लेख छ । आर्टि्फिसियल इन्टिलिजेन्स, बिग डेटा, क्लाउड कम्प्युटिङ र नवीन तथा उच्च प्रविधियुक्त सैनिक प्रविधि आजको आवश्यकता भइसकेको उक्त योजनामा उल्लेख छ ।

योजनामा चीनको जनमुक्ति सेनाका शस्त्रलाई उच्च प्रविधियुक्त बनाइने उल्लेख छ । तथापी उक्त योजनामा चीनको सैनिक क्षमता अरु कतिपय मुलुकका सेना सरह नरहेको स्वीकार गरिएको छ ।

ताइवान स्वतन्त्रतातर्फ उन्मुख भएको भन्दै चिनियाँ राष्ट्रको एकीकरणका लागि सैनिक शक्ति प्रयोग गर्ने विकल्प अझै बन्द नभइसकेको चिनियाँ विदेशमन्त्रालयले जनाएको छ ।  उक्त स्वेतपत्रमा विश्व रणनीतिक स्थायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै ताइवानको स्वतन्त्रता विरुद्ध चेतावनी दिइएको छ ।

हालै ताइवानले अमेरिकासँग २.२ अर्ब अमेरिकी डलर बराबरको सैनिक उपकरण खरिद गरेपछि चीनको यस्तो भनाइ आएको हो । चीनले स्वतन्त्र शासन चलाइरहेको ताइवानलाई आफ्नै एक छुट्टिएको प्रान्तको रुपमा हेर्ने गरेको छ । ताइवानलाई मुख्यभूमिसँग एकीकरण गर्नका लागि चीनले सैनिक शक्ति प्रयोग गर्न समेत खुला रहेको बताउने गरेको छ ।

बेइजिङमा सार्वजनिक उक्त योजना दस्तावेजमा अमेरिकाले कोरियाली प्रायद्विपमा थाड नामक क्षेप्यास्त्र प्रतिरोधी प्रणाली जडान गरेर क्षेत्रीय सुरक्षा सन्तुलनलाई भंग गरेको समेत आरोप लगाइएको छ ।

सन् २०१२ यता पहिलो पटक सार्वजनिक गरिएको यस स्वेतपत्रमा विश्वकै सर्वाधिक ठूलो सेना र बेइजिङको सैन्य महत्वाकाँक्षाका बारेमा भने केही उल्लेख छैन ।

‘अन्तर्राष्ट्रिय रणनीतिक प्रतिस्पर्धा बढ्दो छ’ भन्दै उक्त दस्तावेजमा अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा र प्रतिरक्षा रणनीतिलाई समायोजन गरेको तथा ‘एकपक्षीय नीतिहरु’ अनुशरण गरेको उल्लेख छ ।

अमेरिकाले ‘प्रमुख राष्ट्रहरुमाझ प्रतिस्पर्धालाई जबर्जस्ती बढाएको, आफ्नो प्रतिरक्षा खर्चमा वृद्धि गरेको, आणविक, बाह्य अन्तरिक्ष, साइबर र क्षेप्यास्त्र प्रतिरक्षामा थप क्षमता निर्माण गर्नेतर्फ अग्रसर भएको तथा विश्वको रणनीतिक स्थायित्वलाई बेवास्ता गरेको’ आरोप चीनको छ ।

चीन प्रतिरक्षा खर्च गर्ने मुलुकमा विश्वमै दोस्रो स्थानमा छ । अमेरिका पहिलो स्थानमा रहेको छ । चीनले सन् २०१९ मा आफ्नो सैनिक खर्चलाई ७.५ प्रतिशतले वृद्धि गर्ने घोषणा यसअघि नै गरिसकेको छ । प्रस्तावित योजनामा चीनले आफ्नो सेना विश्व शान्तिका लागि मात्र प्रयोग हुने बताएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ५ : १३ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न