जोरपाटी—सुन्दरीजल सडकखण्ड दशैँपछि मात्रै कालोपत्रे हुने, तत्काललाई खाल्डाखुल्डी पुरिने | Khabarhub Khabarhub

जोरपाटी—सुन्दरीजल सडकखण्ड दशैँपछि मात्रै कालोपत्रे हुने, तत्काललाई खाल्डाखुल्डी पुरिने


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि विस्तार कार्यले गति लिन नसकेको जोरपाटी–सुन्दरीजल सडकखण्ड आगामी देशैँ पछाडिमात्रै कालोपत्रे हुने भएको छ ।

अहिले बर्षातको समय भएकाले कालोपत्रे गर्न समस्या हुने भएकाले दशैँ पछाडि भने सडक विस्तार कार्यले गति लिने उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सडक विस्तार कार्य समयमै सम्पन्न हुन नसक्दा उक्त क्षेत्रको सडक अस्तव्यस्त बन्दै आएको छ । तत्काललाई सडकमा परेका खाल्डाखुल्डी पुर्ने तथा सामान्य मर्मत गरी यातायात आवतजावतलाई सहज बनाइने भएको छ ।

लामो समयसम्म पनि सडक विस्तार तथा निर्माणको काम सम्पन्न नहुँदा गोकर्णेश्वर नगरपालिका आफैँले उक्त सडकखण्ड बनाउने तयारी गरेपछि सडक विस्तारको जिम्मा पाएको आयोजना र नगरपालिकाबीच दशैँपछि आयोजनाले नै काम थाल्ने सहमति भएको हो ।

नगरपालिकाले निर्धारित समयमा सडक विस्तार तथा ढल मर्मत कार्य सम्पन्न नभएपछि आयोजनालाई सडक निर्माण गर्ने जिम्मा आफुलाई दिन आग्रह गर्दै आएको थियो ।

यही सोमबार दुई पक्षबीच भएको सम्झौताअनुसार आयोजनाले तत्काल काम शुरु गर्ने निर्णय गरेको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले खबरहबलाई जानकारी दिए ।

सडक कालोपत्रे कार्य दशैँपछि गरिने भएपनि ढल व्यवस्थापनलगायतका कार्य भने तत्काल थाल्ने गरी आयोजनाले सम्झौता गरेको मेयर चालिसेले बताए ।

उनले भने, ‘हामीले सडक विस्तारको काम आफैँ गर्छौं भन्न थालेपछि आयोजनाले नै गर्छु भन्यो, त्यसैअनुसार उसले काम थाल्ने सहमति भएको हो ।’

‘आयोजनाले दशैँअघिसम्म सडक मर्मत गर्ने र दशैँपछि कालोपत्रेको काम सुरु गर्ने छ ।’

यो पनि पढ्नुाेस्


जोरपाटी-सुन्दरीजल सडक अब गोकर्णेश्वर नगरपालिका आफैँले बनाउने


प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ५ : १७ बजे

धानमन्त्रीले भने: जेनजीका मागमा सकारात्मक थियौँ, प्रदर्शनमा घुसपैठकै कारण दुःखद घटना भयो

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कम्तीमा १९ जनाको

नेपालमा भएको दमनबारे के भने युनिसेफसहित राष्ट्रसंघीय निकायले ?

काठमाडौं – नेपालमा सोमबार भएको जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गरेको

एमालेले भन्यो : ‘जेनजी’ आन्दोलनमा भएको घटना हृदयविदारक र दुःखद्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज काठमाडौंलगायत देशभरि भएको

जेनजीसँगको झडपमा दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते

काठमाडौं – जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने

गगनको निष्कर्ष : गठबन्धन सरकारको औचित्य सकियो, दमनको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार १९ जनाको