उद्योगीहरु भन्छन्– मौद्रिक नीति अपेक्षाकृत, प्रभावकारी कार्यान्वयनमा जोड « Khabarhub

उद्योगीहरु भन्छन्– मौद्रिक नीति अपेक्षाकृत, प्रभावकारी कार्यान्वयनमा जोड


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योगी–व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई थप अध्ययन गरेर मात्रै प्रतिक्रिया दिने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मौद्रिक नीति सार्वजनिक भएलगत्तै संचारकर्मीमाझ थप अध्ययन गरेर मात्रै प्रतिक्रिया दिने बताएकी हुन् ।  उनले तरलता व्यवस्थापन, ब्याजदरलगायतका विषयमा मौद्रिक नीति उत्साहजनक रुपमा आएपनि सेवा शुल्कको सम्बन्धमा भने आफूहरुको माग सम्बोधन हुन नसकेको पनि स्पष्ट पारिन् ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले चालू आर्थिक वर्ष भित्र साँढे ८ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य हासिल गर्ने चुनौती सामना गर्ने गरी सो मौद्रिक नीति आएकाले त्यसमा आलोचना गरिहाल्न नमिल्ने प्रतिक्रिया दिए । उनले सो मौद्रिक नीति प्रभावकारी ढंगले कार्यान्वयन नभए समस्या हुने दाबी गरे ।

यता, नेपाल बैंकर्स संघले भने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति अपेक्षा अनुसारनै आएको प्रतिक्रिया दिएको छ । संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले मौद्रिक नीति अपेक्षा अनुसार नै आएको प्रतिक्रिया दिएका छन् ।

उनले बैंक मर्जर, तरलताको व्यवस्थापन र व्याजदर सम्बन्धी व्यवस्था आफूहरुले दिएको सुझाव अनुसारनै मौद्रिक नीतिमा समावेश गरिएकाले यसको कार्यान्वयनमा लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे । अध्यक्ष ढुंगानाले मौद्रिक नीतिमा व्याजदरमा राखिएको प्रावधानले आर्थिक वृद्धिका लागि ठोस आधार प्रदान गर्ने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : ०१ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि