दोर्दीखोलाको बाढीले बगाएका चार जनाको शव फेला | Khabarhub Khabarhub

दोर्दीखोलाको बाढीले बगाएका चार जनाको शव फेला


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– भारी वर्षासँगै दोर्दीखोलामा आएको बाढीले बगाएका चार जनाको शव भेटिएको छ ।

दोर्दी गाउँपालिका– ६ ढोडेनीमाथि लेकबाट अचानक बाढी आउँदा दोर्दीखोलाले बगाएको चार जनाको शव दोर्दी गाउँपालिकाका विभिन्न स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

प्रहरीका अनुसार शव भेटिए पनि पहिचान हुन सकेको छैन । आधा दर्जनभन्दा बढी घाइते अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक गुरुङले बताए ।

उक्त क्षेत्र आसपासका स्थानीय र दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत कामदार बाढी आउँदा भागेका थिए । दोर्दीखोलामा निर्माणधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको र काम गर्ने ठाउँमा बाढी छिर्दा धनजनको क्षति भएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए ।

उनका अनुसार केही कामदार पुरिएको आशङ्का गरिएको छ । नौथर शेराका स्थानीय लक्ष्मण गुरुङले घाइतेलाई स्थानीयले उपचारका लागि विभिन्न अस्पतालमा पठाएको बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ८ : १२ बजे

माघ १ देखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

झापामा सीमास्तम्भ मर्मत गरिँदै

झापा – झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको

शीतलहरले तराईको जनजीवन प्रभावित

जलेश्वर – विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका

पृथ्वी जयन्तीको चियापानमा प्रधानमन्त्रीलाई राप्रपाको निम्तो

काठमाडौं – राष्ट्रिय प्रजतन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डमा आयोजना

हुम्लाको खार्पुनाथमा औषधी अभाव

सिमकोट- हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधी अभाव भएको छ। गाउँपालिकाभित्र रहेका