घर-घरमा चोरी गर्ने गिरोहका तीन जना पक्राउ « Khabarhub

घर-घरमा चोरी गर्ने गिरोहका तीन जना पक्राउ


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– घर–घरमा गएर मोबाइल, गहनालगायतका सामग्री चोरी गर्ने एक गिरोहलाई जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

धादिङबेसी र आसपासका क्षेत्रमा मोबाइल, सुनका गरगहना, ढलौटका कचौरा, करुवालगायतका सामग्री चोरी गरी लुकाई राखेको अवस्थामा सामाग्रीसहित तीन युवालाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

नीलकण्ठ नगरपालिका–३ एमालेचोकका चोकनारायण श्रेष्ठले गत असार ९ गते आफ्नो मोबाइल हराएपछि जिल्ला प्रहरी कार्यालयमा सामान खोजी गर्न निवेदन दिएका थिए । श्रोष्ठको निवेदन र जिल्ला सदरमुकाम तथा आसपासका क्षेत्रमा मोबाइल र अन्य सामाग्री निरन्तर हराइरहेका भन्ने प्रहरीमा आएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नीलकण्ठ–४ का २० वर्षीय सुजन ठकुरी, १८ वर्षीय किशान श्रेष्ठ र २० वर्षीय निशान सुन्दास रहेका छन् । प्रहरीले मोबाइल चोरको सुराकीका आधारमा सुन्दासको कोठा खानतलासी गरेपछि चोरी गरेर राखेका सामग्री फेला पारेको थियो ।

उनीहरुका साथबाट विभिन्न ब्राण्डका १२ थान मोबाइल, दुई खुकुरी, दुई ढलौटका लोटा, १४ ढलौटका कचौरा, चोरी गर्नमा प्रयोग गरिएको फलामको हम्मर, रेन्ची, लाइटर, सुनजस्तै देखिने मङ्गलसुत्र र माला प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ८ : १९ बजे

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै