निःशुल्क वाइफाई सेवा शुरु « Khabarhub

निःशुल्क वाइफाई सेवा शुरु


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाले बुधबारदेखि नगर क्षेत्रका १४ स्थानमा निःशुल्क वाईफाई सेवा सञ्चालन गरेको छ ।

वर्ल्ड लिङ्क प्रालि र महानगरपालिकाबीचको सम्झौतामा सो सेवा सञ्चालन गरिएको हो । पहिलो चरणमा कञ्चनबारी, पुष्पलाल चोक, खारजी, ठूलोमिल चोक, प्रादेशिक अस्पताल(कोशी), मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, विद्युत् प्राधिकरण(भृकुटी चोक), विराटनगर विमानस्थल, बसपार्क, जिल्ला प्रशासन कार्यालय मोरङ, बरगाछी, हनुमान मन्दिर(मेनरोड) र ट्राफिक चोकमा वाइफाई सेवा शुरु गरिएको छ ।

जडान गरिएका वाइफाईले प्रत्येक स्थानमा ५० देखि एक सय मिटर क्षेत्रमा एकसाथ २५० देखि ३५० जनाले तीन एमबिपिएस सेवा उपभोग गर्न पाउने छन् । सो सेवा पाँच वर्षका लागि लिङ्कले निःशुल्क उपलव्ध गराएको हो । नगरप्रमुख भीम पराजुलीले कञ्चनबारीमा सेवा सञ्चालन शुभारम्भ गर्दै निःशुल्क वाइफाईले युवालाई महानगरपालिकासँग जोड्न खोजेको बताए ।

उनले नगर क्षेत्रमा निःशुल्क वाइफाईसेवा उपलव्ध गराउने नीति र कार्यक्रमअनुसार साउन महीनाभित्रमा ३२ स्थानमा सेवा सञ्चालन गर्ने योजनाअनुरुप आजदेखि कार्यशुरु गरेको जानकारी दिनुभयो । प्रमुख पराजुलीले यसपछि आगामी कात्तिक महीनाभित्रमा नगरका प्रमुख चोकमा थप ५० स्थानमा वाइफाई जडान गर्ने योजना रहेको बताए ।

सहयोगी संस्था वल्र्डलिङ्कका विराटनगर सहायक प्रबन्धक प्रेमप्रसाद घिमिरेले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले निःशुल्क सहयोग गरेको धारणा राखे ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ८ : २७ बजे

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ